ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकट नबिकेपछि अमेरिकाबाट नेपाल जाने २ उडान रद्द


एबीसी न्यूज
असार ८, २०७७ सोमबार  ७ : ५५ बजे

काठमाडौं, ८ असार । कोरोनाको महामारीका कारण अमेरिकामा रोकिएका झण्डै १२ सय नेपालीहरुले नेपाल फर्कनका लागि आवेदन दिएपनि अन्तिम समयमा नेपाल फर्कन चाहनेहरुको संख्या निकै कम देखिएको छ । नेपाल फर्कन इच्छा व्यक्त गरेर फर्म भरेकाहरुमध्ये ५० प्रतिशतभन्दा बढी नेपाल फर्कन अनिच्छुक देखिएपछि अमेरिकाबाट नेपालीहरुलाई नेपाल लैजान ४ वटा उडान तय गरेका एयरलाइन्सहरु समस्यामा परेका छन् ।

प्रति उडान ३ सयका दरले अनुमान गरेर अमेरिकाबाट टर्किस एयरलाइन्स र कतार एयरवेजले ४ वटा उडान तय गरेपनि कुल टिकट लिनेको संख्या ५० प्रतिशतभन्दा पनि कम भएपछि जुन २५ मा शिकागोबाट नेपाल जाने तय भएको टर्किस एयरलाइन्सको उडान रद्द गरिएको छ । उक्त उडानमा सिट सख्याको एकतिहाईले पनि टिकट नकाटेको श्रोतले जानकारी दिएको छ ।

त्यस्तै अत्यन्तै कमले टिकट काटेपछि कतार एयरवेजले पनि जुन २३ मा वासिंटन डिसीबाट गर्ने भनेको उडान रद्द गरेको छ । अब आफ्ना उडानहरु मर्ज गरेर टर्किस एयरलाइन्स र कतार एयरवेजले एकएकवटामात्र उडान गर्ने तय गरेका छन् । जस अनुशार टर्किश एयरलाइन्सले जुन २३ मा न्युयोर्कबाट र कतार एयरवेजले टेक्सासबाट जुन २५ मा उडान गर्ने भएका छन् ।

शिकागो र वासिंटन डिसीबाट नेपाल जानेगरी टिकट लिएकाहरुलाई पनि न्युयोर्क र टेक्सासका उडानमार्फत जानका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न भनिएको छ । अब जुन २५ मा टर्किस एयरलाइन्समार्फत शिकागोबाट जाने टिकट लिएकाहरुले जुन २३ मा नै न्युयोर्कबाट नेपाल जाने तयारी गर्नुपर्नेछ । त्यस्तै जुन २३ मा वासिंटन डिसीबाट कतार एयरलाइन्समार्फत नेपाल जाने टिकट लिएकाहरुले अब जुन २५ मा टेक्सासबाट जाने तयारी गर्नुपर्नेछ ।

सामान्य अवस्थामा ८ सयदेखि एकहजार डलर अमेरिका काठमाडौंको दुईतर्फी भाडा भएपनि एयरलाइन्सहरुले झण्डै १६ सय डलर भाडा तय गरेका छन् । कतिपयले नेपाल जाने भाडा दोब्बरभन्दा पनि बढी भएको भन्दै तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण पनि कतिपयले तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका छन् । नेपाल फर्केपछि क्वारेन्टीनमा कहाँ बस्ने भन्नेबारे समेत अन्यौल उत्पन्न भएका कारण धेरैले तत्काल नेपाल फर्कने योजना परिवर्तन गरेका छन् ।

अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल फकाउने पहलका लागि ढिलो भएकाले कतिपयले अमेरिकी सरकारलाई शुल्क तिरेर भिसा थपका लागि आवेदन दिइसकेका छन् । त्यसैले भिसा थपका लागि शुल्क तिरेर आवेदन दिइसकेको अवस्थामा नेपाल फर्कन हतार नभएकाहरुले आफ्नो योजना परिवर्तन गरेको बताएका छन् ।

कतिपयले कोरोना टेस्टको प्रमाणपत्र ल्याउन झन्झटिलो भएका कारण नेपाल जाने योजना बदलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

अमेरिकाबाट डिपोर्ट भएर ३७ नेपालीलाई चार्टड मार्फत काठमाडौं झारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com