ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा दुई छिमेकी देश एउटै समूहमा


sharan sharan
मंसिर १६, २०७४ शनिबार   २ : ४१   बजे

मंसिर १६ – दुई छिमेकी देश स्पेन र पोर्चुगल आउँदो वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको समूह चरणमै आमनेसामने हुने भएका    छन् । मस्कोमा शुक्रबार भएको ड्र अनुसार स्पेन र पोर्चुगल दुवै एकै समूहमा परेका छन् । समूह ‘बी’ मा स्पेन र पोर्चुगलसहित मोरक्को र इरान पनि छन् । तर ध्यान भने स्पेन र पोर्चुगलले तानेका छन् ।

युरोपियन तथा विश्व फुटबलका दुई बलिया देश समूह चरणमै एउटै समूहमा परेपछि आउँदो वर्षको विश्वकप फुटबल रोमाञ्चक हुने निश्चित भएको छ । साबिक विजेता जर्मनी समूह ‘एफ’ मा परेको छ, साथमा छन् मेक्सिको, स्वीडेन र दक्षिण कोरिया । विश्वकपको उद्घाटन खेल आउँदो जुन १४ बिहीबारका दिन समूह ‘ए’ मा रहेको आयोजक रुस र साउदी अरेबियाबिच हुनेछ ।

समूह ‘बी’ मा परेको स्पेन सन् २०१० को विश्वकप विजेता हो भने यहि समूहमा रहेको पोर्चुगल गएको वर्ष भएको युरोकप फुटबलको विजेता हो । पोर्चुगलका कप्तान हुन् क्रिष्टियानो रोनाल्डो, जसले रियल मड्रिडमा धेरै स्पेनिस खेलाडीसँग खेलिरहेका छन् ।
विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन समूहमा को परे रु

विश्वकपमा हुने पोर्चुगल र स्पेनको भेट निकै ठूलो प्रतिस्पर्धा र डर्बी जस्तै रहेको विश्लेषण गरिएको छ । पोर्चुगल तथा वेष्ट ह्यामका डिफेन्डर जोसे फान्टेले भने ‘यो निकै ठूलो प्रतिस्पर्धा हो र यो डर्बी जस्तै हुनेछ । खेल निकै रोमाञ्चक हुनेछ र सबैले रुचाउने छन् ।’

पोर्चुगल अहिले युरोपियन च्याम्पियन रहे पनि विश्वकपमा उसले त्यस्तो उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । उसको विश्वकपमा सबैभन्दा राम्रो प्रदर्शन पछिल्लो पटक सन् १९६६ मा भएको हो । त्यसबेला पोर्चुगल तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । यस्तै सन् २००६ मा सेमिफाइनलसम्म पुगेको थियो । तर पछिल्लो पटक सन् २०१४ को ब्राजिल विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।

विश्वकप छनौटको क्रममा १५ गोल गरेका रोनाल्डो पोर्चुगलका मूख्य खेलाडी हुन् । उनको काँधमा अबको विश्वकप आएको छ । तर स्पेन पनि त्यहि समूहमा हुनाले पोर्चुगलको यात्रा निकै कठिन देखिन्छ । तर विश्व बरियतामा हेर्ने हो भने पोर्चुगल स्पेन भन्दा अघि छ अहिले । पोर्चुगल विश्व बरितामा तेस्रो स्थानमा छ भने स्पेन छैटौं स्थानमा छ ।

तर स्पेन सन् २००८ देखि २०१३ सम्म शीर्ष स्थानमा रहेको टिम हो र उ सन् २०१० को विश्वविजेता पनि हो । यस्तै उस सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन पनि हो । सुन्दर खेलका लागि परिचित स्पेन विश्वकपको दाबेदार मध्ये एक हो ।

स्पेनको टिममा युवा खेलाडीले राम्रो गर्ने देखिएको छ । यसको उदहारण हुन् रोनाल्डोसँगै रियल मड्रिडबाट खेल्ने इस्को । उनले विश्वकप छनौटमा ६ गोल गरेका छन् । अहिलेसम्म राष्ट्रिय टिमबाट २३ खेलमा उनले ७ गोल गरिसकेका छन् ।

अरु खेलाडीको कुरा गर्दा स्पेनको टिममा रहने सबै खेलाडी स्टार छन् र क्लब फुटबलमा राम्रो टिमका हिस्सा हुन् । यस्तो टिमसँगको समूहबाट अघिल्लो चरण पुग्नु पोर्चुगलका लागि सजिलो हुने छैन । यस्तै स्पेनका लागि पनि युरोपियन च्याम्पियन पोर्चुगलसँगको प्रतिस्पर्धा उत्तिकै कठिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group