ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फौजी किराको आतङ्कले किसान चिन्तित, नियन्त्रण गर्ने विषादी अभाव


एबीसी न्यूज
जेष्ठ १३, २०७७ मंगलबार  ९ : १८ बजे


खोटाङ, १३ जेठ । अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।

गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडा तथा आसपासका केही स्थानीय तहमा देखापरेको फौजी किराको प्रकोप यस वर्ष १०वटै स्थानीय तहका बेँसीक्षेत्रमा लगाइएको मकै सखाप पार्न थालेको किसानले बताएका छन् । तीन÷चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि किसान चिन्तित बनेका छन् ।

प्रकोप देखिएको क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “उपचार गरेको ठाउँमा फौजी किरा नियन्त्रणमा आएको देखिन्छ तर, नयाँ ठाउँमा देखा पर्दै आएकाले समस्या सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “जिल्लाभरका किसानको अन्नबालीमा प्रकोपका रूपमा फैलिएको फौजी किराको आतङ्क रोक्न सम्बन्धित स्थानीय तहसँग सहकार्य शुरु गरिएको छ ।”

गत वर्ष सबैभन्दा बढी क्षति पुगेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष पनि मकै छर्नेबित्तिकै फौजी किराको प्रकोप देखिएको किसानले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, लफ्याङ, दिक्तेल, सोल्मा, खार्मी, पाथेका, नुनथला, जालपालगायत वडा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडाको बेँसीक्षेत्र, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, खोटाङबजार, सिम्पानी, लिच्कीराम्चेको तल्लो क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, महेश्वरी, माक्पालगायत वडामा फौजी किराको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्ष अन्तिम समयमा देखिएको फौजी किराको प्रकोप यस वर्ष रावाबेँसी गाउँपालिकामा खेतीपाती शुरु गरेलगत्तै फैलिएको वडा नं ३ चिउरीवासका स्थानीय बासिन्दा वीरेन्द्र मगरले बताउनुभयो । “प्रकोप देखिनासाथ गाउँपालिकाले कोबेरा नामक विषादी उपलब्ध गराएको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले उपलब्ध गराएको विषादीले नपुगेपछि खरिद गर्न खोज्दा बजारमै पाउन छाडिएको छ ।”

जताततै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रण गर्न स्थानीय तहले आ–आफ्नै प्रयास शुरु गरेका छन् । अधिकांश स्थानीय तहमा किटनाशक विषादी ल्याएर कृषि प्राविधिकमार्फत सङ्क्रमित क्षेत्रको मकैमा छर्कने काम भइरहेको पाइएको छ । जिल्लाका कतिपय स्थानीय तहले किसानलाई विषादि निःशुल्क उपलब्ध गराएको छ । कृषि ज्ञान केन्द्रले पनि स्थानीय तहमार्फत किसानलाई आवश्यक विषादी निःशुल्क उपलब्ध गराउने गरिएको निमित्त प्रमुख राईले बताउनुभयो ।

गाउँपालिकाको तर्फबाट विषादी ल्याएर कृषि प्राविधिक अध्ययन गरेका स्थानीय व्यक्तिलाई पाँच दिन परिचालन गरेर फौजी किरा नियन्त्रणको प्रयास गरिरहेको गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । “कृषि पढेर आएका व्यक्तिलाई स्रोत परिचालन शीर्षकबाट पाँच दिन विषादी छर्कने काममा लगाएका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट परिचालित उनीहरु बढी प्रभावित क्षेत्रमा गएर किसानको सहयोगमा मकैको बिरुवामा विषादी हाल्छन्, हाल्न सिकाउँछन् र विषादी दिएर फर्कन्छन् ।”

ऐसेलुखर्क गाउँपालिकाले पनि आफैँले तालिम दिएर तयार पारेको कृषि स्रोत व्यक्तिलाई फौजी किरा नियन्त्रणमा उपयोग गरिरहेको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि निःशुल्क तथा सःशुल्क विषादी उपलब्ध गराएर नियन्त्रण गर्ने प्रयास गरिहेको पाइएको छ । रातको समयमा बढी सक्रिया हुने फौजी किराले अन्नबालीसँगै आसपासको वनजङ्गलमा पाइने पापतिङ्गरसमेत सखाप पार्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । फौजी किरा साँझ परेपछि मात्र सक्रिय हुने भएकाले त्यही बेला अन्नबालीमा विषादी छर्कनु उपयुक्त हुने कृषि प्राविधिकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com