काठमाडौं, ७ जेठ । बेपत्ता योद्धाहरुको त्याग र सपनालाई सार्थकता दिन कम्युनिष्ट पार्टी निरन्तर लागिरहेको छ स् अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता योद्धाहरुको त्याग र सपनालाई सार्थकता दिन कम्युनिष्ट पार्टी निरन्तर लागिरहेको बताउनुभएको छ ।
उहाल महान् जनयुद्ध, ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता भएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो । महान जनयुद्ध ऐतिहासिक आन्दोलनका क्रममा बेपत्ता भएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।
सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभएको छ । बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उनीहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी भएको अध्यक्ष प्रचण्डद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्नतिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ ।









प्रतिक्रिया दिनुहोस्