ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माइतीघरमा प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई प्रहरीले पक्राउ


एबीसी / संवाददाता

काठमाडौँ –  २८ बैशाख । भारतले कालापानी क्षेत्रमा बाटो बनाएको विरोधमा माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला हुन पुगेका कानून व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको छ । यी प्रदर्शनकारीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ताहरु, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, कञ्चनकृष्ण न्यौपाने, रमेशकुमार केसीलगायत रहेका छन् ।
भारतले कैलाश मानसरोवर यात्राका लागि,नेपाली भूमि लिपुलेक समेत मिचेर लिंक रोड बनाएको छ । उक्त लिंक रोडको शुक्रबार उद्घाटन गरिएपछि , नेपालमा विरोध भइरहेको हो ।अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशव्यापी रुपमा लकडाउन जारी गरेको अवस्था छ । यस्तो अवस्थामा पनि भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंमा प्रदर्शनकारीहरु सडकमा निस्किरहेका छन् ।
यसअघि आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोधमा उत्रिएका युवा विद्यार्थीलाई पनि पक्राउ गरेको थियो ।
भारतले धार्चुला हुँदै नेपाली भूमि लिपुलेक–कालापानीको जमिन समेत प्रयोग गरी सन् धेरै अधि देखि नै बाटो बनाउदै आएको छ । अन्तर्रा्ष्ट्रिय कानून अनुसार सीमा विवाद मिलाउनु पर्ने मागसहित विरोधमा उत्रिएको वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com