ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

कांग्रेसले पाँच वर्षसम्म धैर्य गरोस् –माओवादी नेता पुन


sharan sharan
मंसिर १२, २०७४ मंगलबार  ६ : ०२ बजे

 

दाङ, १२ मंसिर । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त ले नेपाली कांग्रेसलाई लोकतान्त्रिक चरित्र देखाएर पाँच वर्ष प्रतिपक्षमा बस्न सुझाव दिएका छन् ।
दाङको भालुवाङमा मंगलवार वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले वाम एकताको कुराले कांग्रेस अत्तालिएको आरोप लगाउँदै पाँच वर्ष प्रतिपक्षमा बसेर हेर्न सुझाव दिएका हुन । ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष बन्नु स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो, हामी वाम एकता गरेर अब सत्तापक्ष बन्ने भयौँ नै, कांग्रेसले पाँच वर्ष प्रतिपक्षमा बस्ने धैर्य गरोस्’, उनले भने– ‘लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेन भने कांग्रेस प्रजापरिषद्जस्तै अभिलेखालयको कुनामा सीमित हुन्छ, यो कुनै आरोप होइन यथार्थ हो ।’

 

 

अब मंसिर २१ पछि वाम सरकार कसैले रोक्न नसक्ने जिकिर गर्दै उनले चुनावी गठबन्धन र एकतालाई लोकतन्त्र विरोधी देख्ने कांग्रेसको दृष्टिकोण नै अलोकतान्त्रिक भएको टिप्पणी गरे । ‘तपाइँ संसारभरिको लोकतन्त्रको इतिहास हेर्नुहोस्, अझ कांग्रेसले आदर्श मान्ने गरेको संसदीय लोकतन्त्रमा चुनावी गठबन्धन र विचार मिल्नेबीच एकता हुनु स्वाभाविक मानिन्छ तर यहाँ हाम्रो एकता देखेर किन कांग्रेस डराइरहेको छ, लोकतान्त्रिक अभ्यासदेखि डराउनु अलोकतान्त्रिक चरित्र हो, यो कांग्रेसले नसुधारे कांग्रेस रहन्न उनले भने । वाम सरकारले १० वर्षमा ५० हजार पर्यटक भित्र्याउने उल्लेख गर्दै उनले २० हजार मेघावाट विद्युत उत्पादन गर्ने समेत जिकिर गरे । एमाले र माओवादीको गठबन्धन चुनावका लागि नभै अब एकतालाई हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिउँसो १ बजेसम्म देशभर ४४ लाख ५५ हजार ७९० मत खसे: कुन प्रदेशमा कति प्रतिशत ?

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com