ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ बाट चार जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदै


एबीसी न्यूज

जनकपुर, १४ बैशाख । प्रदेश २ मा चार जना कोरोना संक्रमित निको भएका छन्। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ भारतीय जमाती र रौतहटका एक युवक कोरोना भाइरसलाई जित्न सफल भएका हुन्।

उपचारका क्रममा गरिएको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई आज डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ। उनीहरुको चार वटा परीक्षण भएको र जसमध्ये पहिलो र दोस्रो पोजेटिभ आयो तर तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागेको अस्पताल प्रमुख डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

निको भएका तीन भारतीय जमाती वीरगन्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा बसेका थिए। प्रशासनले थाहा पाएपछि २१ जनालाई नियन्त्रणमा लिए। जसमध्ये तीन जनामा कोरोना संक्रमणको पुष्टि गत चैत ३० मा भएको थियो। निको भइसकेका ती तीनजना ३७, ४४ र ५५ वर्षीय पुरूष छन्। उनीहरुलाई आइसोलेसनबाट डिस्चार्ज गरेपनि क्वारेन्टाइनमा राखिने डाक्टर उपाध्यायले जानकारी दिनुभयो । आज डिस्चार्ज हुने उनीहरु भारतीय भएको र अहिले लकडानका कारण घर जान पाउँदैनन्। त्यसैले तत्काल क्वारेन्टाइनमै राखिनेछ अस्पतालले जनाएको छ ।

यस्तै रौतहटका १९ वर्षीय युवकमा वैशाख १ मा कोरोना संक्रमणको पुष्टि स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको थियो। उपचारपछि कोरोनालाई हराएका उनलाई अस्पतालले आजै डिस्चार्ज गरी घर पठाउने बताइएको छ। अब नारायणी अस्पतालमा कोरोना संक्रमित सर्लाहीका १४ वर्षीय किशोरको उपचार मात्र जारी रहन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com