ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरधामस्थित महावीर चोकमा पैसा फाल्ने महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो


एबीसी न्यूज
बैशाख ६, २०७७ शनिबार  ७ : १७ बजे

जनकपुरधाम, ६ बैशाख । जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन्। शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले बताए। शुक्रवार दिउँसो महावीर चोकमा दुइ जना महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरु त्रसित भएका थिए।

कोरोना भाइरस फैलाउन ती महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती पैसा टिपेर कोरोना परिक्षणकालागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो। ती महिलालाई हेर्नसाथ प्रहरीललाई जानकारी गराउन भन्दै जिल्ला प्रहरी कार्यालयले सिसिटीभीको आधारमा फोटो सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

काठमाण्डौमा रात्रिकालीन बस सेवा शुरू

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्ने

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com