ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड– १९ : प्रदेशसभा सदस्य साहद्वारा एक करोड सहयोगको घोषणा


admin
चैत्र १८, २०७६ मंगलबार  ३ : ५५ बजे

 

काठमाडौं, १८ चैत । कोरोना भाइरस  कोभिड–१९ं को सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले  एक करोड रकम प्रदान गर्ने जानकारी दिनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा स्थापित राहत कोषमा उहाँले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त हुने सो रकम प्रदान गर्ने बताउनुभयोे ।

यस्तै सिरहाको लहानका व्यापारीका केशव महतोले आफ्नो घरमा भाडा लिएर बसेका १० परिवारसँग चैत महिनाभरिको घर भाडा नलिने जानकारी दिनुभएको छ । लहान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई लहान नगरपालिका–४ स्थित विवेक इन्जिनीयरिङले दुईवटा फलामे जस्ताको श्यया उपलब्ध गराएको छ । सो नगरपालिका–११ पड्रिया विद्यालयमा नगरपालिकाले स्थापना गरेको १५ श्ययाको क्वारेन्टाइनका लागि सञ्चालक अभिषेक कर्णले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल र लहान नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवलाई उक्त श्यया प्रदान गर्नुभयो ।

यसैबीच लहान नगरपालिका–५ नयाँ बजारस्थित गुद्री हटियामा आज बिहान आगलागी हँुदा करीब रु २५ लाखभन्दा बढीको क्षति भएको छ । अचानक आगलागी स्थानीय लखन सहनीको चामल र किराना पसल गरी दुई पसल, रामचन्द्र गुप्ताको मसला तथा किराना पसल गरी दुईवटा पसल, मनोज गुप्ताको एउटा किराना पसल र लालबाबु दासको हार्डवेयर पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरीको टोली र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको लहान नगरपालिका–५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com