ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउनका कारण नेपाल घुम्न आएका ९१३ विदेशी पर्यटक बिमान चार्टर्ड गरेर घर फर्किए


admin
चैत्र १६, २०७६ आईतबार  ५ : ४५ बजे

काठमाडौं, १६ चैत । सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो । यीमध्ये लुक्ला र जोमसोमबाट जहाजमा र पोखराका धेरै पर्यटक जहाज तथा केहीलाई बसबाट काठमाडौँ ल्याइएको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले लुक्लालगायत गन्तब्यमा रोकिएका पर्यटकको उद्धार भइसकेको र अन्य सुलभ गन्तब्यमा रहेका पर्यटकको सोही स्थानमा सहज वातावरणमा रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसरी काठमाडौँमा जम्मा भएका ९१३ विदेशी नागरिक घर फर्किएका छन् । ती नागरिकलाई सम्बन्धित मुलुकले कतार एयरवेजको जहाजमार्फत चार्टर्ड उडान गरी गन्तब्यतर्फ लगेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतारको जहाजले शुक्रबार एक उडानबाट ३०४ र शनिबार दुई उडानमार्फत ६०९ युरोपेली मुलुकका नागरिक लगेको विमानस्थलले जनाएको छ । लुक्लामा रोकिएका पर्यटकको शुक्रबार बुद्ध एयर, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले उद्धार गरेका थिए भने शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार गरेको थियो । त्यस्तै तारा, समिट र श्री एयरलाइन्सले पर्यटक उद्धार गरेको विमानस्थलले जनाएको छ । फ्रान्स, जर्मनलगायत मुलुकका नागरिक घर फर्किएका हुन् । अब क्रमशः अष्टे«लिया र अमेरिकाका नागरिक स्वदेश लैजाने तयारी भइरहेको छ । अष्ट्रेलियाले निगमको वाइडबडी जहाज चार्टर्ड गरिसकेको छ । अप्रिल १ तारिख २०२० मा निगमको वाइडबडी अष्ट्रेलिया उड्ने जनाइएको छ ।

लकडाउनका कारण मुलुकको अन्तरराष्ट्रिय उडान ठप्प प्राय: रहेपनि शुक्रबार र शनिबार दिनभरजसो आन्तरिक उद्धारका उडानहरु भए । आज पनि पाँचदेखि सात उडानबाट विदेशी नागरिकलाई र तिनका सहयोगी नेपालीलाई काठमाडौँ ल्याइने बोर्डले जनाएको छ । लुक्लामा रहेका विदेशी पर्यटकका गाइड तथा भरियालाई काठमाडौँ ल्याउन लागिएको हो । अन्य पर्यटकको भने अहिले जुन स्थानमा रहेका छन् सोही स्थानमा सहज वातारणका साथ राख्न र सम्बन्धित मुलुकले लैजान चाहेको खण्डमा काठमाडौँसम्म ल्याउने निर्णय भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । “रोकिएका पर्यटक आइसके अब देशका विभिन्न गन्तब्यमा रहेका पर्यटकलाई उनीहरुको मुलुकबाट लैजाने व्यवस्था नभएसम्मका लागि हालकै स्थानमा व्यवस्थापन गर्न सरोकारवालालाई निर्देशन दिने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

बोर्डको विवरणमा शनिबार लुक्ला र पोखराबाट गरी ६०४ र जोमसोमबाट ५८ पर्यटक उद्धार गरी ल्याइएको थियो । त्यस्तैअन्तर्गत गन्तब्यबाट विभिन्न तवरले बोर्डले नेपालका विभिन्न पर्यटकीय गन्तब्य तथा प्रमुख पर्यटकीय शहरमा रहेका पर्यटकको वास्तविक विवरण उपलब्ध गराइदिन होटल, घरबास कार्यक्रम ९होमस्टे०लगायतलाई बोर्डले जरुरी सूचना निकालेर आग्रह गरेको छ । नेपालमा कति सङ्ख्यामा विदेशी पर्यटक छन् भन्नेबारे विभिन्न माध्यमबाट सङ्ख्या व्यवस्थापनको काम भइरहेको बोर्डले जनाएको छ । बोर्डले अहिले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारीको व्यवस्था गरी सेवालाई नियमित गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । नेपालमा झण्डै १० हजार पर्यटकले प्रवेशाज्ञा थपेर बसेका छन् । वसन्त ऋतुको यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा युरोपेली मुलुकका नागरिक नेपाल आएका थिए । विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com