
काठमाडौं ८ चैत । खाना पकाउने ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको आज बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो । नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढ्दै गएपछि ग्यांस र उपभोग्य बस्तुमा कालोबजारी बढ्दा आम उपभोक्ताले नपाएको सरकारले निस्कर्ष निकालेको छ ।
ग्यांसको सहज वितरणमा ग्यांस उद्योगी र विक्रेताले असहयोग गरे उनीहरुको सबै लाइसेन्स नै खारेज गर्ने सरकारले चेतावनी दिएको छ । ग्यांस उद्योगीको पीडीओ रोक्कासम्म गरिने सरकारले बताएको छ । यस्तै, बैठकले खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने समेत निर्णय गरेको छ ।







प्रतिक्रिया दिनुहोस्