ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा क्वारेन्टाइनका लागि ठाउँ तयार


sharan sharan
चैत्र ५, २०७६ बुधबार  ६ : ५८ बजे

बुटवल, चैत ५ ।
बुटवल उपमहानगरपालिकाले नोबेल कोरोना प्रभाव रोक्न पूर्वतयारीलाई तीब्रता दिएको छ । बुटवल उपमहानगरमा आज बसेको सरोकारवालाको बैठकले क्वारेन्टाइनका लागि पहिलो चरणमा बुटवलका चारवटा सामुदायिक विद्यालयका ४० वटा कोठालाई र एसइइ सकिएपछि थप ६० कोठासमेत थप गरेर एक सय कोठा व्यवस्थापन गर्ने निर्णय गरेको छ । यसरी तयार पारिएका क्वारेन्टाइनका कोठाहरुको विशेषज्ञहरुले निरिक्षणसमेत गरिसकेको उपमहानगरले जनाएको छ ।
बुटवल उपमहानगरले आइसोलेशन सञ्चालन गर्नुपर्ने अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालसहित तोकिएका निजी अस्पतालहरुमा ३४ वटा बेड तम्तयारीमा राखिएको बैठकमा जानकारी गराएको थियो । । अस्थायी रुपमा आइसोलेशन सञ्चालन गर्नुपर्ने अवस्थामा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवनहरुलाईसमेत उपयोग गर्ने निर्णय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी गराउनुभयो । बाईट
बैठकले सामुदायिक तथा निजी अस्पतालहरुमा व्यवस्थापन गरिएका आइसोलेशन बेडहरुमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर भइ वा सिफारिस भइ आएका विरामीहरुलाई मात्र भर्ना गर्ने निर्णय गरेको छ । त्यस्ता आठ वटा निजी अस्पतालहरुमा तयार पारिएका ३४ वटा बेडहरुको विवरण उपमहानगरले प्रादेशिक अस्पताललाई उपलव्ध गराउने छ ।
क्वारेन्टाइन सञ्चालन गर्नका लागि बुटवलका चारवटा सामुदायिक विद्यालयका उपयुक्त भवनका ४० वटा कोठालाई यहीँ चैत ७ गतेदेखि नै प्रयोगमा ल्याउन सकिने र परीक्षा सकिएपछि थप ६० कोठाको व्यवस्थापन गर्दै सोको विवरणसहितको जानकारी प्रदेश सरकारलाई गराउने निर्णय गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
उपमहानगरका प्रमुख शिवराज सुवेदीको अध्यक्षतमा बुधबार बसेको बैठकमा प्रदेश सरकरको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रादेशिक अस्पताल, सामुदायिक तथा निजी अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र विशेषज्ञहरुको सहभागिता थियो । सोही बैठकमा सहभागी निजी क्षेत्र तथा व्यवसायिक संघसंस्था र प्रतिष्ठानका सञ्चालकहरुले समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आज आंशिक बदली, मौसम मुख्यतया सफा

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com