ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ काे मधेश प्रदेश नामाकरणको प्रस्ताव पनि फेल


एबीसी न्यूज

जनकपुरधाम,४ चैत। प्रदेश नंं २ को नाउँ को विषयमा प्रदेशसभामा दर्ताf भएको चारवटै प्रस्ताव अस्वीकृत भएको छ ।
प्रदेश नं.२ को प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावहरु माथि मंगलबार मतदान हुँदा कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत प्राप्त नभएपछि प्रस्तावहरू अस्वीकृत भएको प्रदेशसभा सचिवालयका सचिब एवं मतदान अधिकृत रञ्जित यादवले जानकारी दिनुभयो ।
नेकपाले राखेको जानकी प्रदेशको प्रस्ताव को पक्षमा ३७ तथा विपक्षमा ७० वटामत मत परेको थियो भने नेपाली काँग्रेसले राखेको मिथिला भोजपुरा प्रदेशको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत परेको छ ।
त्यसै गरी नेपाली काँग्रेसका प्रदेशसभाका सदस्य राजेश्वरप्रसाद साहले राखेको मध्य मधेश प्रदेशको प्रस्तावको पक्षमा ४२ र विपक्षमा ६५ मत परेको थियो । त्यसै गरी ारुढ दल समाजवादी पार्टी र राजपा नेपालको मधेश प्रदेशको संयुक्त प्रस्तवको पक्षमा ६० र विपक्षमा ४६ मत र एक मत बदर भएको मतदान अधिकृत यादवले जानकारी दिनुभयो ।
नेकपाको प्रदेश नंं २ मा ३२ सदस्य मात्र रहेको समयमा ३७ वटा मत पर्नु र नेपाली काँग्रेसको १९ सदस्य रहेकोमा २८ मत पर्नु पार्टीका लागि प्लस नै भएको भन्दै यसलाई दुवै दलका नेताले सकारात्मक रुपमा लिएका छन ।
नाउँको विषयमा प्रदेश सभामा दत्र्ता भएको सवै प्रस्तावहरु अस्वीकृत भएपछि नेकपा तथा नेपाली काँग्रेसको प्रस्ताव जिवित रहने र पछि राजनीतिक सहमति हुने सम्भावना अझै जिवित रहेको ती पार्टीका प्रदेश सभाका सदस्यहरुले प्रतिक्रिया दिनु भएको छ ।
यता प्रदेश सरकारका नेतृत्व गरिरहेका समाजवादी तथा राजपाको मधेश प्रदेशको प्रस्तावको पक्षमा राम्रो जनमत तयार भएको र आउने दिनमा यस प्रस्तावमा सबैको सहमती हुने समाजवादी पार्टी प्रदेश सभाका सदस्य रामअषिश यादवले बताउनु भयो ।
प्रदेशको नाँउको विषयमा प्रदेश सभामा दत्र्ता भएको सवै प्रस्तावहरु अस्वीकृत भएकोले सहमती पछि पुनः अर्को पटक निर्वाचन हुने प्रदेश नं.२ का प्रदेश सभाका सभामुख सरोज यादवले जानकारी दिनु भयो । प्रदेशको नाँउको विषय टुंगो नलागेका कारण प्रदेशको राजधानीको विषयमा पनि टुंगो लाग्ला भन्ने भन्न नसकिने विभिन्न दलका प्रदेशसभाका सदस्यहरुले अनुमान गरेका छन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com