ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौ– मुख्यमन्त्री भट्ट


admin

 

काठमाडौं १ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताउनुभएको छ । प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागेको आवासगृहको आज शिलान्यास गर्दै उहाँले ती क्षेत्रको थप विकास तथा विस्तार गर्न नीतिगत योजनाका साथ उच्च प्रथामिकता दिँदै आवश्यक रकम विनियोजन समेत भएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु ३० लाखको लागतमा मन्दिरमा आउने सन्त र महन्तका लागि सो आवासगृहे निर्माण गरिन लागिएको हो ।मुख्यमन्त्री भट्टले भन्नुभयो, “ यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न जरुरी रहेको छ । यसबाट हजारौँ पर्यटक भित्र्याउन सकिन्छ । समग्र सुदूरपश्चिमकै विकास हुने भएकाले हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौँ ।”

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “सुदूरपश्चिमभरिकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वार भनेकै शैलेश्वरी हो । खप्तडमा पर्यटक भित्र्याउन शैलेश्वरी क्षेत्रको विकास गर्नु जरुरी छ ।” मुख्यमन्त्री भट्टलाई समितिले अभिनन्दनसमेत गरेको थियो । शैलेश्वरी क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योग्दान गरेको भन्दै मुख्यमन्त्री भट्टलाई अभिनन्दन गरिएको समितिका अध्यक्ष प्रेमशङ्कर भट्टले बताउनुभयो । प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा उद्यानसहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्षदेखि शुरू हुने मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कामका लागि प्रदेश सरकारले कूल रु ८० लाख रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com