
काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सांसद्हरुले संघीय संसदको बैठक स्थगित गर्न माग गरेका छन् ।
कोरोना भाइरसका कारण विश्व नै प्रभावित भइरहेको बेला संसद् सञ्चालन आवाश्यक नभएको भन्दै स्थगितको माग गरेका हुन् । कोरोना भाइरसको जोखिम भएकोले संसद् धेरै दिन नलचाउन कांग्रेस सांसद भरत शाहले संसदमा प्रस्ताव राख्नुभयो । उहाले सरकारले यातायातमा सिन्डिकेट हटे पनि हेटौंडा र कावासोतीमा अझै पनि ढाट राखेर शुल्क उठाउने गरेकोप्रति पनि शाहले आपत्ति जनाउनुभयो । कांग्रेसका अर्का सांसद् भीमसेनदास प्रधानले पनि कोरोना भाइरसप्रति सजगता अपनाउनुपर्ने भन्दै संसद् बैठक स्थगित गर्न माग गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्