ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं भ्यूटावर अलपत्र पार्ने भेटवालले गरे प्रहरीसमक्ष आत्मसमर्पण


admin
फाल्गुन २७, २०७६ मंगलबार  २ : ३९ बजे

काठमाडौं, २७ फागुन । प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका ठेकेदार मनोज भेटवालविरुद्ध प्रहरीले बैंकिङ कसूर मुद्दामा अनुसन्धान अगाडि बढाउने भएको छ ।

त्यसअगाडि प्रहरीले उनलाई उच्च अदालत पाटनमा पेस गर्न लागेको छ । अदालतबाट म्याद थप भएपछि मुद्दामा अनुसन्धान कार्य अगाडि बढाउने प्रहरीको तयारी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले म्याद थपका लागि आवश्यक प्रक्रिया थालिएको बताउनुभयो । उहाले आज बिहान साढे ८ बजेतिर भेटवाल आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जानकारी दिनुभयो । भेटवालविरुद्ध चन्द्र तामाङले ७५ लाख ठगी गरेको अभियोगमा किटानी जाहेरी दिएपछि प्रहरीले भेटवालको खोजी थालेको थियो । उनी यसअघि एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रूपैया“ घोटलामा पनि मुछिएका थिए । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएको थियो ।

‘क’ वर्गका ठेकेदार भेटवालविरुद्ध पुरानो बसपार्कको जग्गामा भ्युटावर बनाउने भन्दै जग्गा कब्जा गरेको अभियोग लागेको छ । सम्पदा अभियन्ताहरूले भ्युटावर बनाउन नहुने र खुल्ला मञ्चलाई खुल्ला नै राख्नुपर्ने भन्दै आएका छन् । उनी जलेश्वर स्वच्छन्द बिल्डर्सका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

नागरिक टिनको छानोमुनि रात काट्न बाध्य ः कांग्रेस सांसद बुढा

सम्बन्धित

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज जनआन्दोलन दिवस, पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको स्मरण गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com