ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्मीलाई हराउँदै आयोजक माइभ्याली फाइनलमा


admin

काठमाडौं, २२ फागुन ।  इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा माइभ्याली फुटबल क्लब त्रिभुवन आर्मीलाई सडन डेथमा ५–४ गोलले हराउँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा आयोजकले लिग विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार ठूलो टँुडिखेलमा भएको खेलमा निर्धारित समय र अतिरिक्त समय पनि खेल बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । योसँगै आयोजक पहिलोपटक फाइनल प्रवेश गरेको हो ।

आयोजक टिमका देव लिम्बू, एन्ड्रो थियर यिबाक, लीला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विशाल तामाङको प्रहार बाहिरिएको थियो । यता आर्मीको तर्फबाट दीपक गुरुङ, दीप लामा, राजु आले, राजीव गुरुङ प्रहार गोल हँुदा सन्तोष तामाङ, ईश्वरी बानियाँ र भरत चौधरीको प्रहार गोल हुन सकेन । खेलको अतिरिक्त समयमा आर्मीका बिकेक बस्नेतले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि आर्मी १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ३३औँ मिनेटमा आर्मीका गोलकिपर विवश चौधरी बल नियन्त्रणका लागि अगाडि बढेका अवस्थामा माईभ्यालीका करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डिएरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई ‘फाउल’ गरेपछि पाएको फ्रिकिकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो ।

१७औँ मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका विकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका गोरकिपर विवश चौधरीले उत्कृष्ट पञ्च गरी गोल हुन बचाए । आजको खेलमा माईभ्यालीका गोलरक्षक देव लिम्बू म्यान अफ दि म्याच बने । उनले नगद १५ हजार प्राप्त गरे । लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका तीन क्लब त्रिभुवन आर्मी क्लब, सङ्कटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गतेसम्म चल्ने गोल्डकपको विजेताले रु आठ लाख र दोस्रो हुने टोलीले रु पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com