ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालीमपछि रोजगारीको अवस्थाका बारेमा संयन्त्र बनाएर अनुगमन गर्न आग्रह


admin

काठमाडौं, २२ फागुन । नौ देशका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम विज्ञको पाँचदिने अन्तरराष्ट्रिय सम्मेलनमा विज्ञले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीलाई अब समयसापेक्ष तालीममा जोड दिन सुझाव दिनुभएको छ । सिटिइभिटी तथा कोलम्बो प्लान्ट स्टाफ कलेजको संयुक्त आयोजनामा प्राविधिक शिक्षालाई उद्योगसँग जोडेर कसरी रोजगार सिर्जना गर्न सकिन्छ भन्ने विषयमा आयोजित सम्मेलनमा उहाँहरुले उद्योग व्यवसायलाई परम्परागतभन्दा २१औँ शताब्दी सुहाउँदो प्राविधिक जनशक्तिको खाँचो रहेको र तिनलाई स्वदेशभित्र टिकाउने स्पष्ट रणनीति अभाव देखिएकाले तालीमपछि रोजगारीको अवस्थाका बारेमा संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गर्नुभयो ।

सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, मलेसिया, थाइल्याण्ड, म्यान्मा, फिलिपिन्स र फिजीका प्राविधिक व्यावसायिक एवं तालीमसँग सम्बन्धित २१ जना निर्देशक, उपनिर्देशक र प्राचार्यको सहभागिता थियो । सम्मेलनमा सहभागी विज्ञले प्राविधिक शिक्षाका बारेमा अन्तरराष्ट्रिय अभ्यास के छ तथा सीपयुक्त प्राविधिक जनशक्तिलाई उद्योगसँग जोडेर रोजगारी वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सिटिइभिटी, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल बज्राचार्यले प्राविधिक शिक्षालाई उद्योगसँग जोड्दा चुनौती, अवसर र दीर्घकालीन रणनीतिका सन्दर्भमा सम्मेलनमा बृहत् छलफल गरिएको जानकारी दिनुभयो । उहाँले अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर कसरी प्राविधिक शिक्षालाई आजको आवश्यकताअनुसार अगाडि लाने र बढीभन्दा बढी व्यावहारिक बनाएर कसरी जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित भएको जानकारी दिनुभयो ।

सो अवसरमा पोखराका उद्योगी व्यवसायीबीच सामूहिक छलफल गरिएको थियो । छलफलमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल होटल सङ्घका विकल तुलाचन, होटल बाराहीका राजकुमार केसीलगायतले नेपालमा प्राविधिक शिक्षा अझै व्यावहारिकरुपमा समयसापेक्ष हुन नसकेको धारणा राख्नुभएको थियो । सीपयुक्त जनशक्तिले स्वदेशभन्दा विदेशलाई प्राथमिकता दिने, लामो समय काम गर्न रुचि नदेखाउने, धैर्यको अभाव तथा तालीम जसलाई आवश्यक हो उसलाई भन्दा पनि प्रमाणपत्र जम्मा गर्नेले मात्र लिने गरेको बताउनुभयो । पाँचदिने उक्त सम्मेलनको अन्तिम दिन हरेक देशका विज्ञले कार्यविधि तयार गरेर कार्यान्वयन गर्न प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com