ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभूषणको मूल्य लिएर धातु फिर्ता लिने परम्परा विधेयकबाट हटाउनुपर्छ– गृहमन्त्री थापा


admin
फाल्गुन २१, २०७६ बुधबार  ५ : २६ बजे

काठमाडौं, २१ फागुन, । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्तिनै राज्यबाट सम्मान हुनुपर्ने बताउनुभएको छ । नेपाल कानून आयोगले आयोजना गरेको विभूषणसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा आज उहाँले विगतमा वास्तविक व्यक्ति राज्यबाट सम्मान हुन नपाउँदा कयौँ उपाधि र विभूषण बहिष्कार वा अस्वीकार गर्ने घटना देखिएका औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा योगदान पु¥याउने सच्चा व्यक्ति राज्यबाट सम्मान हुनुपर्छ भनी विधेयक अघि बढाएका हाँै, विभूषणसम्बन्धी ऐन सच्चाउने र परिमार्जन गर्नुपर्ने भएकाले विधेयक आएको हो, उपाधि वा विभूषणको उचित सम्मान होस् भन्ने हामी चाहान्छाँै ।” राज्यमा तीन तहको सरकार रहेकाले समाजमा योगदान गर्ने व्यक्तिप्रति उपाधि र सम्मान झन बढ्दै जाने थापाले बताउनुभयो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने नेपाली वा विदेशी व्यक्तिका अलावा यस्ता क्षेत्रमा काम गर्ने संस्था र सङ्गठनलाई पनि सम्मान र उपाधि प्रधान गर्र्नु जरुरी रहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “राज्यले प्रधान गर्ने उपाधि र विभूषणलाई वृद्धि विकासको आधार कसैले पनि बनाउनु हुँदैन, विगतमा भएको पदअनुसार विभूषण वा पदक दिने तरिका हालको विधेयकमा सच्चाइएको छ ।”विभूषणलाई तिरस्कार गर्ने व्यक्तिलाई कानूनले के गर्ने भन्ने कुरा कानूनमा उल्लेख हुन जरुरी रहेको गृहमन्त्री थापाको भनाइ थियो । विभूषणको मूल्य लिएर धातु फिर्ता लिने परम्परा विधेयकबाट हटाउनुपर्ने उहाँको भनाइ थियो ।

गृहसचिव महेश्वर न्यौपानेले विदेशी व्यक्तिका हकमा सम्मान थप गर्न आग्रह गर्नुभयो । मन्त्रालयका पूर्वगृहसचिव प्रेमकुमार राईले राज्यबाट समय समयमा पदक पाउने तर बढुवा हुन नपाएका व्यक्तिका हकमा कानूनले के गर्छ भनी प्रश्न गर्नुभयो ।परराष्ट्र मन्त्रालयका उपसचिव आरती श्रेष्ठले अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट विभूषण लिँदा के गर्नुपर्छ भन्ने कुरा कानूनमा उल्लेख हुनुपर्ने औँल्याउनुभयो । कानून आयोगका अध्यक्ष माधव पौडेलले मुलुकमा उपाधि र विभूषणको ऐन लागुभएपछि जस्तो पायो तेस्ता मानिसले यो पाउने सम्भावना निकै कम हुने बताउनुभयो ।

सेनानी विद्या राणाले एउटा कार्यमा सफलता प्राप्त गरेर फर्केको सेनाको टोली सबैले विभूषण पाउने कि एउटाले मात्र विभूषण पाउने भन्ने कुरा कानूनमा उल्लेख हुनुपर्ने मत राख्नुभयो । सहन्यायाधिवक्ता उद्वव पुडासैनीले पदक वा विभूषण पाउने व्यक्तिले के काम गरेबापत पाए भन्ने कुरा प्रष्ट उल्लेख गर्न जरुरी रहेको विचार राख्नुभयो । नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले अलङ्कारको मूल्य निर्धारण गर्नु र आफू पदमा रहेका बेला आफ्ना मानिसलाई विभूषण दिर्ने कार्य गलत रहेको भनाइ राख्नुभयो ।

प्रदेश विभूषण सुझाव समिति बन्नुपर्ने, नाट्य र चलचित्र क्षेत्रमा पनि विभूषणको व्यवस्था हुनुपर्ने, शान्ति सेनामा खटिएका व्यक्तिले अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट विभूषण लिन पाउने या नपाउने, वैज्ञानिक अनुसन्धान र खोजका क्षेत्रमा पनि विभूषणको व्यवस्था हुनुपर्ने, विभूषण दिने परम्परालाई नयाँ ढङ्गले स्थापित गर्नुपर्ने, समाज गणतान्त्रिक पद्धतिमा अघि बढेकाले अलङ्कार र मानपदवीजस्ता शब्द यसैअनुसार परिमार्जन हुनुपर्ने आदि विषयमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

सम्बन्धित

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?

कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com