ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ”– प्रवक्ता श्रेष्ठ


admin

काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको छ, राजनीतिक सङ्क्रमण अन्त्य भएको छ, नयाँ संविधान बनेको छ, अब सङ्घर्ष गर्न परेको छैन, अब स्थिरता छैन भन्न पाइँदैन ।”

सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नेतर्फ अघि बढेको उल्लेख गर्दै उहाँले सरकारले पहिलो वर्ष आधार र दोस्रो वर्ष कार्यान्वयन वर्षका रुपमा अगाडि बढाएको बताउनुभयो । “स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ”, उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनले विस्तारै गति लिँदै गएको छ ।”

सीमा अतिक्रमण रोकी नेपाली भूमि फिर्ता गराउने र राष्ट्रियताको सवालमा सबै शक्ति मिलरे एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबैको एकमत हुनुपर्ने बताउनुभयो । मुलुकको समृद्धिका लागि अपार सम्भावना भएको उल्लेख गर्दै उहाँले ती सम्भावनाको समुचित प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो । “समृद्ध नेपाल, सुखी नेपाली बनाउनु, समाजवाद निर्माण गर्नु अहिलेको आवश्यकता हो”, सांसद श्रेष्ठले भन्नुभयो, “नेपाललाई सभ्य, सुसंस्कृत र समृद्ध मुलुकमा रुपान्तरण गर्नु हो । नयाँ ढाँचाको आर्थिक विकास र सामाजिक न्यायमार्फत समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुनै आजको आवश्यकता हो ।”

अपार सम्भावनायुक्त मुलुक भए पनि लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद श्रेष्ठले कमीकमजोरी सच्याउँदै अघि बढ्ने, जनताको सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । सबै मिलेर सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सहमति र सहकार्यका आधारमा काम गर्न प्रमुख प्रतिपक्षसँग आह्वान गर्नुभयो ।नवनिर्वाचित सांसदलाई स्वागत गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रियसभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि महत्व दिँदै गएको बताउनुभयो । “राष्ट्रियसभाले परिपक्व व्यक्ति पाएको छ, नवनिर्वाचित सदस्यको उपस्थितिले अत्यन्त खुशी बनाएको छ”, उहाँले भन्नुभयो, “राज्यले सुम्पेको अभिभारा पूरा गर्न यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”

दुई वर्षको अवधिमा राष्ट्रियसभाको बैठक एक दिन पनि नरोकिएको जनाउँदै उहाँले सत्ता पक्ष र प्रतिपक्षी नभई सहमति तथा सहकार्यको संस्कारको विकास गरिएको बताउनुभयो । राष्ट्र निर्माणको महत्वपूर्ण अभियानमा अघि बढेको उल्लेख गर्दै राष्ट्रिय दायित्वसँग जोडिएको जनसरोकारका विषय पूरा गर्ने अभिभारा आफूहरुको काँधमा आएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । “के सत्ता पक्ष के प्रतिपक्ष भनेर होइन, सहकार्यका आधारमा अघि बढौँ”, उहाँले भन्नुभयो, “यहाँहरुको उपस्थितिले राष्ट्रियसभालाई परिपक्व बनाएको छ ।” उहाँले नवनिर्वाचित सांसदको सक्रियताले राष्ट्रियसभाको गरिमालाई स्थापित गर्न सकोस् भनी कामना गर्नुभयो । उहाँले नवनिर्वाचित सदस्यको कार्याकाल सफलताको कामना गर्नुभयो ।

समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राष्ट्र निर्माणमा नवनिर्वाचित सदस्यको महत्वपूर्ण भूमिका भएको भन्दै मुलुकलाई समृद्ध बनाउन दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गर्नुभयो । “यहाँहरुको स्वागत र सफल कार्यकालको कामना गर्दछु”, उहाँले भन्नुभयो । सातै प्रदेशको समानान्तर विकास नभएसम्म समृद्ध मुलुक निर्माण हुन नसक्ने भन्दै उहाँले प्रदेश र स्थानीय तहको अधिकार सुनिश्चित गरेर मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । सभाको शुभारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com