ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी उपराष्ट्रपति भन्नुहुन्छ – कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्छ


admin
फाल्गुन २०, २०७६ मंगलबार  १ : ५९ बजे

वासिङ्टन २० फागुन । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताउनु भएको छ ।

“यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति पेन्सले बताउनुभयो । अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ ।उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो, र योसहित कूल मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ । अमेरिकामा भाइरल सङ्क्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ । सोमबारसम्म यस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३,००० नाघि सकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् । अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

सम्बन्धित

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

शान्ति वार्ताको ओझेलमा सैन्य कारबाही: इरानमाथि अमेरिकाको नयाँ आक्रमण

मध्यम शक्तिको भ्रम: छनोट नगर्नु विकल्प होइन !

चीनले भारतलाई भन्यो– दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्नू

इरान-अमेरिका शान्ति वार्ताको संकेतसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com