
बझाङ,१९ फागुन । बझाङमा नेपाली काग्रेशबाट विजयी वडा अध्यक्ष नेकपा प्रवेस गर्नुभएको छ । सोमवार बझाङ जिल्लाको वित्थडचिर गाउँपालीका वडा नँ ५ का वडा अध्यक्ष करविर बोहरा नेपाल कम्युनिष्ट पाटी नेकपामा प्रवेश गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पाटीको सुदुरपश्चिम प्रदेशको कार्यक्रता भेलामा वडा अध्यक्ष बोहरा नेकपामा प्रवेश भएको वित्थडचिर गाँउपालीका का अध्यक्ष प्रेम बोहराले बताउनुभयो । कार्यक्रमा नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा,अनेरास्ववियु केन्द्रीय अध्यक्ष ऐेन महर लगाएतको उपस्थिती रहेको थियो । कार्यकर्ता प्रशिक्षण भेलमा नेकपामा प्रवेश गर्दै वडा अध्यक्ष बोहराले भने ,नेपाली काग्रेश देशवाट नै बियल हुने सम्भावना भएकाले आफु नेकपामा प्रवेश गरेको बताउनुभयो । बोहरा स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली काग्रेश बाट विजयी हुनुभएको थियो








प्रतिक्रिया दिनुहोस्