ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“पार्टी एकताको कामलाई कमजोर पार्ने काम स्वीकार्य हुँदैन”– नेता नेपाल


admin
फाल्गुन १९, २०७६ सोमबार  ५ : ५६ बजे

काठमाडौं, १९ फागुन  । नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरी प्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “पार्टीका विद्यमान कमिटीलाई मिलाएर वैज्ञानिक आधारमा एकता प्रक्रियामा गएको भए एकता प्रक्रियामा समस्या आउने थिएन ।” पार्टीलाई कसैले विघटनको दिशामा जान्छ भनेर सोचेको भए उसको सपना पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो पार्टीलाई सुदृढ गर्नेबाहेक विकल्प छैन ।”उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनचाहनाअनुसार तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएको उल्लेख गर्दै जनताले दिएको अभिभारा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । वर्तमान अवस्थामा देशभित्र र बाहिरका शक्तिले सरकारमाथि चुनौती खडा गरिरहेका उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी एकताको कामलाई कमजोर पार्ने काम स्वीकार्य हुँदैन ।”

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको दृढ इच्छाशक्तिले दुई पार्टीबीचको एकता सम्भव भएकाले भेलामा पार्टीको आलोचना नभई नीति विचारमा बहस चलाउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीको मर्म र भावनाअनुसार नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गरेका काम जनता समक्ष पु¥याउने काममा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । सो पार्टीका प्रदेश इञ्चार्ज भीमबहादुर रावलले विधि पद्धति र प्रक्रियाबाट पार्टी चल्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेता खगराज भट्ट, लक्ष्मणदत्त जोशी, भानुभक्त जोशी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com