ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताहरूबीचको एकता नै आजको आवश्यकता हो– मुख्यमन्त्री पौडेल


admin
फाल्गुन १९, २०७६ सोमबार  १ : ०३ बजे

काठमाडौं, १९ फागुन  । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै आज यहाँ जारी गर्नुभएको शुभकामनामा सन्देशमा उहाँले आगामी दिनमा राष्ट्रले प्राप्त गर्ने उपलब्धिको हेक्कासमेत नराखी प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सनेहरु जगमगाएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले सन्देशमा देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने बताउनुभएकोे छ । “प्रधानमन्त्रीलाई घेराबन्दी गरेर राजनीतिक दाउपेच र षड्यन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो”, सन्देशमा भनिएको छ । सन्देशमा भनिएको छ, “समृद्ध नेपाल सुखी नेपाली महाअभियानका स्वप्नद्रष्टा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा यही बुधबार दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपण शल्यक्रियाको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” “नेपाली जनतामा आशाका किरणहरु जागृत गराउने राष्ट्रनायक क। ओलीकै नेतृत्वमा देशले स्थायित्व पाएको छ । उहाँकै नेतृत्वकालमा साना साना समूहमा छरिएर रहेका कम्युनिष्ट मत एकीकृत बनेर देशकै ठूलो शक्तिका रूपमा उदाएको छ । लामो समयदेखि मुर्छित झैँ भएका नेपाली जनताका सपनाले जगमगाउने अवसर पाएका छन् । सुषुप्त अवस्थामा रहेको नेपाली जनताका समृद्धिका सपनाहरू जागेका छन्, आशाका किरणहरू उदाएका छन्,” सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ, “ओलीकै दूरदृष्टि सहितका योजनाको कार्यान्वयनको शुरुआती नतिजाले समृद्धिको यात्रा तय गराइसकेको आभाष मिलेको छ । देशको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ । आयात घटेको छ , निर्यात बढेको छ । स्वदेशी उत्पादनहरुको वृद्धि भएको छ । देशलाई फेरि पनि दलदलमा फसाएर आफ्ना स्वार्थ पूरा गर्न खोज्नेहरुप्रति नेपाली नागरिकको खबरदारी आवश्यक छ । देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने हुन्छ । राजनीतिक दाउपेच र षडयन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ । नेताहरू बीचको एकता नै आजको आवश्यकता हो । ”
९९९

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com