ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिने जोखिम अति उच्च– डब्लुएचओ


admin
फाल्गुन १७, २०७६ शनिबार  १ : ३३ बजे

काठमाडौं, १७ फागुन । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ । कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरु प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरुलाई नै उनीहरुले रोकेका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरु कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरु गर्न र स्वास्थ्यका कार्यक्रमहरुमा कोरोना रोकथामका कार्यक्रमहरु पनि राख्न उक्त संगठनले सम्बद्ध देशका अधिकारीहरुलाई आग्रह पनि गरेको छ । विश्व स्वास्थ्य संगठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को खतराबाट मुक्त रहने अवस्था नरहेको खुलासा गर्नुभयो । उहाँले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिनुभयो । सोही खतराबमोजिमको कार्यक्रम र कारबाहीलाई अघि सार्न उहाँले विश्वका सबै देशलाई आग्रह पनि गर्नुभयो ।

उहाँले बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको सङ्क्रमण देखिएको पनि पुष्टि गर्नुभएको थियो । त्यसैगरी इटालीमा ६५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार प्राप्त भएको पनि सो अवसरमा उहाँले खुलासा गर्नुभएको थियो । विश्व स्वास्थ्य संगठनले बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको सङ्क्रमण देखिएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनका अतिरिक्त दक्षिण कोरिया, इटाली, इरान र जापानमा यो सङ्क्रमण हजारौँ बिरामी रहेका छन् । साथै उक्त संगठनले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलंकामा पनि यसको खतरा रहेको बताएको थियो । ती देशलाई पनि उच्च जोखिमको व्यवस्थापनमा लाग्न आग्रह गरिएको छ ।

उक्त भाइरसको उत्पत्ति भएको भनिएको मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ । बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको बताइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई यो भाइरसको पुष्टि भएको छ । दक्षिण कोरियामा थप ५७१ जनामा त गएको २४ घण्टाभित्र सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा यस भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । उता इरानमा पनि शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको सरकारी स्रोतले बताएको थियो । यद्यपी स्वास्थ्य अधिकारीहरुले भने शनिबारसम्म २१० जनाको मृत्यु भएको बताएको छ । जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृत्यु भएको बताइएको छ । जापानले आगामी मार्च २ देखि देशैभरिका सार्वजनिक विद्यालयहरु बन्द गर्ने जनाएको छ । प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी रुपमा केही समयका लागि बन्द गर्ने घोषणा गर्नुभएको छ । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन् । सो कार्यक्रममा सहयोग गर्न जापानका शिक्षामन्त्रीले पनि आग्रह गर्नुभएको छ । उहाँले विद्यालय बन्द गरिएका कारण घरमा रहने बालबालिकालाई बाहिर निस्किन नदिन र घरैमा बस्न लगाउन अभिभावकहरुलाई आग्रह गर्नुभएको हो ।

जपानले यसैवर्ष ओलिम्पिक खेलकूद प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिताको आयोजानाका लागि आवश्यक पर्ने विभिन्न ओलिम्पिक मसाल रिले आदि कार्यक्रमहरुमा उसले कटौती गरेको जनाएको छ । ती सबै कार्यक्रमहरुमा थोरै मात्र सहभागिता गराइने जापान सरकारले जनाएको छ ।उता साउदी अरेयिबा सरकारले इस्लाम धर्मालम्बीहरूको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिकस्थलहरुको भ्रमणमा पनि रोक लगाएको जनाएको छ । यस्ता स्थलहरुमा विदेशी नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको समाचारमा जनाइएको छ । आगामी जुलाइको अन्त्यतिर शुरूहुने हजको तयारी पूर्वका यस्ता भ्रमणहरु रोक लगाइएको जनाइएको छ । साउदी अरेबिया सरकारले नयाँ कोरोना भाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाएको छ । तर साउदी अरेबियामा हालसम्म कोरोना भाइरसको सङ्क्रमण भने देखिएको छैन ।

यता विश्वका देशहरुले यो सङ्क्रमणका विरुद्धमा व्यापक मात्रामा लडिरहेका बेला चिकित्सकहरुले यो सङ्क्रमण फर्किन पनि सक्ने बताएका छन् । निको भएर घर फर्किएका यसका बिरामीहरुमा पुनः यसको सङ्क्रमण देखिएको जापान र चीनबाट प्राप्त केही समाचार विवरणहरूमा जनाइएको छ । मानिसहरू निको भइसकेको भनेर घर गएपछि पनि केही सातापछि पुनः सङ्क्रमित भएर अस्पताल आएका उनीहरुको भनाई छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पनि फेरि सङ्क्रमणमा परेको पाइएको बताएका हुन् ।

निको भएका भनिएका ती मानिसको शरीरमा भाइरस पूर्ण रुपमा नष्ट नभइसकेको र यससम्बन्धी परीक्षणहरू पनि सधैँ सही नहुने भएकोले पनि सङ्क्रमितहरु लाई फेरि दोहोरिएको अनुमान चिकित्सकहरुले जनाएका छन् । तर पनि घटनाहरूबारे थप जानकारी लिएर अनुसन्धानमा वैज्ञानिकहरू लागेका बताइएको छ । वैज्ञानिकहरु यस प्राणघातक सङ्क्रमणको औषधिको खोजीमा लागेका छन् । तर अहिलेसम्म सम्भव भएको छैन । उता विश्वका कैयौँ देशमा यसको सङ्क्रमण फैलिइरहेको छ र यसबाट विश्व नै त्रसित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

सम्बन्धित

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्षको आपत्ति

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com