ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरिँदै उपत्यकाको सडक : तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र


admin

काठमाडौं, १७ फागुन । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्को पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा अहिले त्यो समस्या निक्कै हराएर गएको छ ।

काठमाडौँ महानगरपालिकाले ब्रुमरको सहायतामा नियमित धुलो सफा गरिरहेको छ । प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेको छ । वषौँदेखि बिग्रिएका ट्राफिक बत्तीसमेत सञ्चालनमा आएको छ । उपत्यकाको मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रङरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभए पनि उपत्यकाको सडकमा देखिने गरी सुधार आएको छ । यद्यपि भित्री र शाखा रोडमा समस्या यथावत छ ।

सरकारले उपत्यकाको भौतिक पूर्वाधार, यातायात र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम अघि बढाएकाले यो सम्भव भएको हो । सङ्घीय राजधानी काठमाडौँको यातायात व्यवस्थापनमा देखिएका समस्याको पहिचान गर्दै त्यसको समाधान गर्ने काममा सरकारको विशेष ध्यान छ । विदेशी विशिष्ट पाहुना र पर्यटकले पहिलो साक्षत्कार गर्ने तथा धेरैजसो अन्तरराष्ट्रिय सभा–सम्मेलन हुने भएकाले व्यवस्थित र सुन्दर काठमाडौँ बनाउन काठमाडौँ केन्द्रीत योजना अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधारको विकास महत्वपूर्ण आधार हो । पूर्वाधार निर्माण विना विकास र समृद्धिको चाहना सकिँदैन । नीतिगत र साङ्गठनिक सुधार गरी विकास निर्माणलाई तीव्रता दिएको बताउँदै मन्त्री नेम्वाङले भन्नुभयो, “विकासको आधार तयार पार्ने अभियानमा सरकार छ, यो वर्षको प्राथमिकतामा उपत्यका हो, उपत्यकाको ‘व्यूटिफिकेसन’मा हाम्रो बढी जोड छ ।”

काठमाडौँ उपत्यकाको कतिपय कोरिडोर खुलिसकेका छ भने कतिपय निर्माणाधिन अवस्थामा छ । उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्ले १०० दिनमा मात्रै सरकारले काठमाडौँ उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको छ । हिउँदमा कालोपत्र गरिने समय नभएपनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति छुट्टै छ ।

मन्त्रालयका अनुसार काठमाडौँको कोटेश्वर चोकमा वर्षौदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन समाधानका रुपमा सडक चौडा पार्ने प्रक्रिया थालिएको छ । सडक चौडा पार्न चोकको दक्षिणतर्फको जग्गा प्राप्त भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रियामा छ । मनोहरा कोरिडोरको सडकलाई प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन निर्माण कार्य थालिएको मन्त्रालयले जनाएको छ ।

आफ्नो एक सय दिनको उपलव्धीबारेमा जानकारी दिँदै मन्त्री नेम्वाङले उपत्यकाको चक्रपथअन्र्तगत ग्वार्को, सातदोबाटो, नक्खुचोकमा फ्लाई ओभरका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०को काम थालिएको बताउनुभयो । सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न र जडिबुटी–कोटेश्वरको जामको दीर्घकालिन समाधानका लागि जापान सरकारसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकाको १७ वटा चोकमा ट्राफिक बत्ती जडान गरिसकिएको छ भने छ वटामा असार महिनाभित्रमा जोड्ने योजना सरकारको छ । यस्ता चोकमा हुने ट्राफिक जाम हटाउन ‘ईन्टेलिजेन्ट ट्राफिक प्रणाली’ प्रविधि अपनाउन आवश्यक परामर्शदाता छनोटको काम थालिएको छ । पैदल यात्रुको सुरक्षित यात्राका लागि चक्रपथको बालकुमारी, सातदोबाटो, एकान्तकुनामा ‘फुटओभर व्रिज’निर्माण सकिएको तथा बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासे पुल निर्माणको डिजाईन सम्पन्न भइ ठेक्का प्रक्रियामा पुगेको छ ।

उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्डको कामसमेत अघिबढेको मन्त्रालयले जनाएको छ । कलङ्की–महाराजगञ्ज सडकखण्ड विस्तारको प्रारम्भिक प्रक्रिया शुरु भएको छ । सो खण्डमा रुख हटाउने र विजुली तथा टेलिफोनका तार स्थानान्तरणको चरणमा छ । केही ठाउँमा जग्गा प्राप्ति गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया थालिएको छ । उपत्यकाको तीनकुुने–एयरपोर्ट–तिलगङ्गा सडकखण्डलाई आठ लेनमा स्तरोन्नति गर्ने कामसमेत सरकारले अघि बढाएको छ । उक्त सडकको स्तरोन्नतिका लागि डिपिआरको तयारीमा सरकार लागेको मन्त्री नेम्वाङले बताउनुभयो ।

शाखा सडकमा समेत सरकारको ध्यान

सरकारले उपत्यकासँग जोडिने शाखा सडकसमेतलाई उत्तीकै प्राथकिता दिएको छ । उक्त क्षेत्रका सडकको पूर्वाधार निर्माणको कामलाई तीब्रता दिइएको छ । मन्त्री नेम्वाङले उपत्यका जोड्ने उक्त सडकको स्तरोन्नति र कालोपत्रका लागि आवश्यक बजेट विनियोजन गरी ठेक्का व्यवस्थापनको चरणमा पुगेको जानकारी दिनुभयो ।

सडकलाई सुरक्षित र सौन्दर्यकरण गर्न फुटपाथ निर्माण, रेडिङ, जेब्रा मार्किङ तथा रङ्रोगनको कामसमेत जारी छ । काम सामान्यजस्तो लागे पनि सौन्दर्यकरणले उपत्यका ओर्लिने स्वदेशी वा विदेशीमा आकर्षण भाव पैदा गर्छ । मुलुकको पहिचानसँग जोडिने भएकाले पनि उपत्यकालाई विशेष जोड दिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com