ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खरका छाना हटाउँदै, कर्कटपाता टल्काउँदै रिब्दीकोट


admin

काठमाडौं, १६ फागुन । रिब्दीकोट गाउँपालिकामा १६१ खरका छाना भएका घर छन् । चालू आर्थिक वर्षको साउनमा २२६ खरका छानामध्ये हाल ६५ घरमा कर्कटपाताको छाना लगाइएको छ । दक्ष कामदारको अभाव, वर्षेनी खर्च बढ्दो, खर तथा डाडाभाटाको अभावसँग जुध्नुपर्ने बाध्यता रहेकोमा गाउँपालिकाले कर्कटपाताले छाना टल्काउन थालेपछि खरका घर भएका परिवारका सदस्य खु्शी देखिएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा खरका छाना हटाइ कर्कटपाताले छाएपछि घरका छाना टल्किन थालेको हो । गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले चाल्ू आवको असार मसान्तसम्म बाँकी खरका छाना हटाएर कर्कटपाताले छाउने कार्यक्रम रहेको बताउनुभयो ।चालू आवको माघ महिनासम्म वडा नं २, ३ र ५ मा खरका छाना पूर्णरुपमा हटाइएकोे छ । वडा २ मा दुई आवमा १५ घर खरको छानामुक्त बने । घर खरको छानामुक्त बनाउन वडाले ३६० कर्कट पाता स्थानीय बासिन्दालाई वितरण गरेको थियो ।

वडा नं ३ मा २७ घर खरका छाना रहेकामा सबैमा कर्कटपाताले छाइएको छ । वडा नं ५ मा आव २०७५/०७६ मा ३३ खरका छाना हटाइ कर्कटपाताले छाइएको छ । आव २०७६/०७७ मा गाउँपालिकाभित्रका ६१ घरका खरका छाना हटाइ कर्कटपाता लगाउने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताउनुभयो । आव २०७५/०७६ मा २० लाख बजेटमार्फत ९१ घरमा खरका छाना विस्थापित गरी कर्कटपाताका छाना लगाउने काम भएको छ । आव २०७६/०७७ मा ३७ लाखमा २२६ खरका छानामुक्त बनाउन काम अघि बढेको छ ।आव २०७५/०७६ मा वडा नं १ मा ५४६ मध्ये २७ घर खरका छानाका छन् । त्यसमध्ये १४ घर कर्कटपाताले छाइएको छ । वडा नं २ का ६२९ र ३ नं वडाका ५५५ घरमा कर्कटपाताको छाना लगाइएको छ ।

त्यस्तै ४१३ घर रहेको वडा ५ कुखुमखोला खर छानामुक्त भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ३३ घर कर्कटपाता वितरण पछि खरका छाना हटाइ कर्कटपाताले टल्किन थालेका हुन् । छ नम्बर वडाका ५७८ मध्ये ६७ घर छाना खरको थियो । तीमध्ये १८ घरमा स्थानीय सरकारको सहयोगमा कर्कटपाता लगाउने काम भएको छ । बाँकी ४९ घरमा खरका छाना हटाउने कार्यक्रम रहेको छ । वडा नंमा ७ मा २४ घरका छाना कर्कटपाता लगाइएकोमा २२ घरमा खरका छाना छन् । सो वडामा ६५५ घर छन् । वडा ८ मा पहिलो चरणमा २३ र दोस्रो चरणमा १२ घरमा खरका छाना हटाइ कर्कट पाताको छाना लगाउने काम भएको छ । कूल ६५ खरका छानालाई विस्थापित गरी कर्कटपाता प्रदान गरी खरका छानामुक्त बनाउन थालेकोे वडाध्यक्ष नारायण बहादुर लाम्टाङगेले बताउनुभयो ।

स्थानीय सोहरकी ६५ वर्षीय देवी बगाले पहिलो पटक कर्कटपाताको छाना रहेको घरमा रात बिताउन पाउँदा खुशी हुनुहुन्छ । वर्षेनी घर छाउनुपर्ने र पैसाको अभावमा पिरलीनुपर्ने समस्या थियो । आर्थिकरुपमा विपन्न समुदायका नागरिकलाई गाउँपालिकाको सहयोगमा खरका छानालाई कर्कटपाता प्रदान गरी घर टल्काउन थालेपछि स्थानीय सरकारको महत्व बढेको छ ।रम्भा गाउँपालिकाले चालू आव २०७६/०७७ मा ३३३ घरमा खरका छाना हटाएर पूर्णरुपमा खर छानामुक्त अभियान थालेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खरका छाना हटाइने बताउनुभयो ।

गाउँपालिकाभित्र झण्डै चार हजार ५०० घर छन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न रु ७० लाख बजेट रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडामा कर्कटपाता पठाएको छ । खरका छाना हटाएर वडामा कर्कटपाताको माग गर्न आएपछि स्थानीय तहबाट कर्कटपाता हस्तान्तरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com