ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ– गृहमन्त्री थापा


admin

काठमाडौं, १२ फागुन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताउनुभयो ।

आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उहाँले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताउनुभयो । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस् ।” मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ ।” पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उहाँले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताउनुभयो । सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताउनुभयो । एघार कोठे सो भवन रु एक करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माणसम्पन्न भएको हो । भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन् । चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com