ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामपुरमा अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप


admin
फाल्गुन ५, २०७६ सोमबार   ३ : १५   बजे

काठमाडौं, ५ फागुन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहनुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् । तत्कालीन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुनुहुन्छ । पक्राउ परेकाहरु अखिल क्रान्तिकारी निकट रहेको जनाइएको छ । रामपुरमा झडपपछि पार्टीले बेवास्ता गरेको भन्दै विद्यार्थीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्ला कार्यालयमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । यही फागुन १ गते जनयुद्ध दिवस मनाउने विषयमा दुई सङ्गठनबीच विवाद भएपछि पटकपटक झडप हुँदै आएको छ । विश्वविद्यालयको आवासमा बस्ने ती सङ्गठनका विद्यार्थी बाहिर बसेका छन् ।

विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायको आजको स्नातक मत्स्य विज्ञानको तेस्रो र सातौँ सेमेस्टरको परीक्षा गर्ने वा सार्ने भन्ने विषयमा विद्यार्थीबीच विवाद भएको थियो । विवादकै बीचमा विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको छ । परीक्षामा ३३ विद्यार्थीमध्ये ३० जना सहभागी भएको सङ्कायका निमित्त डिन ईश्वरचन्द्र प्रकाश तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा दैलेख कार्यालयमा तालाबन्दी, पदाधिकारी घोषणापछि चुलियो विवाद

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group