
काठमाडौं, ५ फागुन । काठमाडौं जिल्ला अदालतले बलात्कार उद्योगको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उहांलाई सफाइ दिएको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।
निर्दोष ठहर भएसंगै आजै महरा डिल्लिबजार कारागारबाट जेलमुक्त हुनु हुने बताइएको छ । संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उहा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ पर्नुभएको थियो । महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो । बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो । महरा १ सय ३ दिनपछि आज जेलमुक्त हुन लाग्नुभएको छ







प्रतिक्रिया दिनुहोस्