
काठमाडौं, ५ फागुन । सरकारविरुद्ध कडा टिकाटिप्पणी गर्ने पूर्वप्रशासकहरुप्रति अर्थमन्त्री डा. युवराज खतिवडाले आक्रोसित अभिव्यक्ति दिनुभएको छ ।
खासगरी सरकारका दुई वर्षका कामको विश्लेषण गर्दा सरकारको आलोचना गर्ने पूर्वप्रशासकहरुप्रति लक्षित गर्दै अर्थमन्त्री डा. खतिवडाले आक्रोस व्यक्त गर्नुभएको हो ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन कार्यक्रममा खतिवडाले हिजो दशकौंसम्म राज्यको नीति–निर्माणको तहमा बसेर काम गर्न नसकेकाहरुले आज सरकारको आलोचना गरिरहेको भन्दै आक्रोस व्यक्त गर्नुभएको हो । आफ्नो पालामा सिन्को नभाँच्ने र सेवा बाहिर गएपछि मैले के–के न गरेँ भन्ने प्रवृत्ति पूर्वप्रशासकहरुमा रहेको उहांले टिप्पणी गर्नुभयो । सरकारले दुई वर्षमा अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको भन्दै उहांले त्यसलाई तथ्यले नै पुष्टी गर्ने जिकिर गर्नुभयो । अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण र समाजको रुपान्तरणमा काम भएको दाबी गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्