ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या आरोपमा प्रहरीसहित तीन पक्राउ


admin

ओखलढुङ्गा,२७  माघ । ओखलढुङ्गामा व्यक्ति हत्याको आरोपमा एक प्रहरीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या गरेको आरोपमा स्थानीयवासी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले हुनुुहुन्छ ।

स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला पर्नुभएको थियो । तत्कालीन समयमा मदिरा सेवनका कारण बानियाँको ज्यान गएको भनिए पनि छ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनाविरुद्ध मुद्दा चलाएको छ । लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । अदालतले दुई पटक म्याद थप गरिसकेको छ । आज अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन् ।

अदालतबाट सफाइ पाए जागिर जोडिने अन्यथा निलम्बन सदर हुने र कारवाही भोग्नुपर्ने कानूनी व्यवस्था छ ।घटना भएको समयमा उनीहरु घर बिदामा गाउँमै आएका थिए । अत्यधिक मदिरा सेवनबाट बानियाँको मृत्यु भएको विषयमा आफूहरुलाई फसाइएको उनीहरुले बयान दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com