ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकार पनि लाग्नुपर्छ– मुख्यमन्त्री पौडेल


admin
माघ २५, २०७६ शनिबार  ८ : ०७ बजे

काठमाडौं, २५ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकार पनि लाग्नुपर्ने बताउनुभएको छ । पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारलाई प्रथमिकता दिन अनुरोध गर्नुभयो ।

प्रेस सङ्गठन, नेपालको वाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीको शपथग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भेलामा आज बोल्दै उहाँले सञ्चारमाध्यमले नकारात्मकता प्रवाह गरेर नागरिकमा नैराश्यता पैदा गराइदिनु नहुने बताउनुभयो । पत्रकारले सरकारका राम्रा कामका बारेमा जनतालाई सुसूचित गराउनुपर्ने बताउँदै उहाँले पत्रकारहरु आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राख्नुभयो । उहाँले अवस्थाअनुसार नेतृत्व अलग हुने गरे पनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकाले सरकारप्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रियता कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकारप्रति सकारात्मक भैदिन अनुरोध गर्नुभयो ।

सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखिहाले पनि नराम्रो गरी नै प्रस्तुतिकरण गर्ने गरेको देखिएकोले त्यसले कसैलाई पनि राम्रो नगर्ने उहाँको भनाइ थियो । “हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारका लागि प्रदेशले धरै कुरा गर्न चाहेको भए पनि नसकिरहेको बताउनुभयो । उहाँले देशको ‘मेकानिज्म’ नै परिर्वतनको बाधक भएको बताउनुभयो । उहाँले व्यवस्था बदलिएर पनि कसैलाई केही फरक नपरेको बताउनुभयो । मन्त्री जम्कट्टेलले कुरा गरेर समाजवाद नआउने बताउँदै काम गरे मात्र परिवर्तन हुने उल्लेख गर्नुभयो । विश्वमा भएको विकास हेरेर जानेर लागू गर्न हामी किन सकिरहेका छैनौँ भन्ने मूल्याङ्कन गरिनुपर्ने उहाँको भनाइ थियो । वर्तमान व्यवस्था यथास्थितिवादीहरुको नदेखिँदो घेराबन्दीमा रहेको बताउँदै त्यो तोड्न पत्रकार लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस सङ्गठनका सदस्यले उत्पीडनका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । उहाँले समाजको मुख्य उत्तरदायित्व बोक्ने पत्रकारले समाजलाई अगाडि लाने दायित्वलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सत्यका पक्षमा लाग्नबाट विचलित नभई पूर्वसेन्टर वा पूर्वचौतारीका बीचमा कुनै पनि भिन्नता नराखी काम गर्न निर्देशन दिनुभयो ।

प्रेस सङ्गठन नेपालका सहइन्चार्ज ओम शर्माले खोजी पत्रकारितामा लाग्न सङ्गठनका सदस्यहरुलाई अनुरोध गर्दै आफूलाई अन्यको तुलनामा सक्षम र सवल बनाउन अनुरोध गर्नुभयो । कार्यक्रममा तत्कालीन प्रेस चौतारीका पूर्वकेन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस सङ्गठनमा आबद्ध पत्रकारलाई ‘पेडन्यूज’ र ‘फेकन्यूज’ बाट अलग रहेर जिम्मेवार पत्रकारका रूपमा काम गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com