ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रविधियुक्त शिक्षाबिना मुलुकको विकास असम्भव– अध्यक्ष तिमिल्सिना


admin
माघ २५, २०७६ शनिबार  ८ : ०४ बजे

काठमाडौं, २५ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवालाई स्वरोेजगार बनाउन सक्ने व्यावसायिक शिक्षाबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउनुभएको हो ।

उहाँले स्नातक र स्नातकोत्तर पढे पनि रोजगारी पाउन नसकेर विदेशमा भाँडा माझ््न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो । “अहिले वर्षेनी लाखाँै युवाहरु उच्च शिक्षा हासिल गरेर श्रमबजारमा प्रवेश गरे पनि रोजगारी पाउन सकिरहेका छैनन्”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “युवाहरुलाई स्वदेशमै रोजगार बनाउन सक्ने व्यावसायिक शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो मुलुकका लागि छ ।”तीन दशकअघिसम्म पढेलेखेका युवाहरुले रोजगारी पाउन कठिन नभए पनि अहिले शिक्षक र कर्मचारी बनेर मात्रै बन्न खोजेर सबै रोजगार बन्न नसकिने धारणा अध्यक्ष तिमिल्सिनाको थियो । आफँैले उद्यम गरेर अरु धेरैलाई रोजगार बनाउनका लागि पनि व्यावसायिक शिक्षाको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो ।

अहिले मुलुकका धेरै सामुदायिक क्याम्पसहरु न्यून विद्यार्थी सङ्ख्या र आर्थिक अभावमा गुज्रदै गएको चर्चा गर्दै समयअनुकूलको शिक्षा दिने र शिक्षकहरु खुला प्रतिस्पर्धाबाट छान्ने हो भने पनि धेरै समस्या समाधान हुने उहाँको भनाइ थियो । क्याम्पसमा विद्यार्थी सङ्गठनका बीचमा मित्रवत प्रतिस्पर्धा हुनु जायज भए पनि क्याम्पस सञ्चालकले राजनीति गर्दा यस्ता संस्था धरासायी बन्दै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “क्याम्पस सञ्चालकले शिक्षक छनोटदेखि सबै कुरामा राजनीतिक आँखाले हेर्न थालेपछि यस्ता संस्था धरासायी बनेर जान्छन्”, उहाँले भन्नुभयो, “स्वच्छ र दिगो शैक्षिक वातावरणका लागि शिक्षकको छनोट पनि खुला प्रतिस्पर्धाबाट हुन जरुरी छ ।”उहाँले फरक प्रसङ्गमा बोल्दै आफनो कार्यकालभित्र पर्वतका सात वटै पालिकाका ६२ वटै वडासम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कुश्माबजारलाई ज्ञादीसँग जोड्न झाप्रेबजार र बलेवासँग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिँदै सडकको सहज पहुँच भएपछि कुश्माबजारलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न पनि सहयोग पुग्छ भन्नुभयो ।

संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले पनि शैक्षिक संस्था राजनीतिबाट मुक्त हुनुपर्ने कुरामा जोड दिनुभयो । “शैक्षिक संस्थामा बसेर राजनीति गर्ने र शैक्षिक संस्थालाई पूर्वाग्रह राखेर हेर्ने दुवै अतिवादी हुन्”, उहाँले भन्नुभयो, “राजनीतिभन्दा माथि राखे मात्रै शैक्षिक संस्थाको विकास र उन्नति सम्भव छ । गुप्तेश्वर क्याम्पसका संस्थापक अध्यक्षसमेत रहनुभएका जोशीले गुप्तेश्वर क्याम्पसले दश जोड दुई कक्षा हटाएकै कारण विद्यार्थी सङ्ख्या कम हुन पुगेको बताउँदै आफूले संस्थामा राजनीति नहोस् भनेर छिट्टै पद छाडेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com