
काठमाडौं, २५ माघ । विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनकी पत्रकार सन्तोषी अधिकारीलाई फोकस नेपालले सातौ वार्षिकोत्सवका अवसरमा विशेष सेवा सम्मान–२०७६ बाट सम्मान गरेको छ ।
महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आउनुभएकी पत्रकार अधिकारीले सञ्चार क्षेत्रमा रहि बिकास र सामााजिक सेवामा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ । सञ्चारकर्मी अधिकारी हाल एबीसी टेलिभिजनमा समाचार वाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् ।समूद्वीका लागि सहकार्य राष्ट्रको निम्ति अपरिहार्य” विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रमकाबिच बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेत सम्मान गरेका हुन् । यसैगरि, कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार दिलिप थापा मगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले विकास र समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । उनले चीन र युरोप जस्ता देशहरू पनि लामो समयको संघर्षपछि आजको अवस्थामा आएको भन्दै नेपालमा पनि बिकासको प्रचुर संभावना रहेको दावी गरे । नेपाल कुनै समय कालमा द्वन्द्वमा फसेता पनि अब समृद्धितर्फ लम्केको बताए ।
कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्