ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउँदैन– मन्त्री भट्ट


admin

काठमाडौं, २३ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रमलाई उत्पादनसँग नजोड्दासम्म समृद्धि आउन नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिमा १२औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहँुदै उहाँले औद्योगीकरण नगरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा हुन नसक्ने बताउनुभयो ।

उहाँले कृषिमार्फत देशलाई औद्योगीकरणतर्फ लैजानुपर्ने आवश्यकता रहेको चर्चा गर्नुहँुदै हिजोका दिनमा कृषि उत्पादन निर्यात गरिन्थ्यो, आज आयात गर्न थालिएको छ । त्यसैले कृषिमा देशलाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले लगानीकर्तालाई आकर्षित गर्न र विकासका निम्ति सरकारले कार्यक्रमहरु अगाडि बढाएको बताउनुभयो । मन्त्री भट्टले भन्नुभयो, “राष्ट्रिय गौरवका योजनालाई सरकारले अगाडि बढाएको छ । जलविद्युत्, यातायात र पर्यटनका क्षेत्रको विकासमा लागेका छौँ ।” दोधारा–चाँदनी सुक्खा बन्दरगाह स्थापनाको काम अगाडि बढाउनका लागि भारत सरकारका सहसचिव, सचिव र मन्त्रीस्तरमा छलफल भएको उल्लेख गर्दै बन्दरगाह निर्माणका लागि कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले विश्व व्यापारसँग नजोडिँदासम्म देशमा विकास हुन नसक्ने बताउनुभयो । दैजी औद्योगिक क्षेत्र र दोधारा–चाँदनी सुक्खा बन्दरगाहलाई औद्योगिक कोरिडोरका रूपमा अगाडि बढाइने उहाँको भनाइ छ । “मुक्तकमैया, आरक्षपीडित, मुक्तहलिया, सुकुम्वासीलगायतको समस्या समाधान गर्नका लागि नयाँ भूमि ऐन बनेको छ”, उहाँले भन्नुभयो, “भूमि ऐन प्रमाणीकरणपछि ऐन कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका बनाई ऐलानी पर्ति जग्गाको समस्यासमेत समाधान हुन्छ ।”

मध्यपहाडी लोकमार्ग, पश्चिम सेती जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको कार्य सरकारले अगाडि बढाएको उहाँले बताउनुभयो । विकास एक पार्टीका लागि होइन, विकास सबैका लागि भएकाले सबैको एकबद्धताको खाँचो रहेको उहाँले बताउनुभयो । खेलकूदले स्वास्थ्य समाज निर्माणसँगै संस्कारी समाजको निर्माण गर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले यस क्षेत्रमा पर्यटन विकासका लागि हवाइ सेवालाई विस्तार र भरपर्दो बनाउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका क्षेत्रभित्र रहेका १८ माध्यमिक विद्यालय, १३ सामुदायिक विद्यालय, पाँच सामुदायिक विद्यालयका गरी दुई हजार १८ खेलाडी सहभागी भएका छन् । छात्रछात्राका गरी ५० इभेन्टमा एथलेटिक्सका १३ खेलसहित २५ खेल खेलाइनेछन् । ५० स्वर्ण, ५० रजत र ६४ कास्य पदकका लागि प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com