
काठमाडौं, २३ माघ । राजधानीको बानेश्वरमा सत्तारुढ नेकपाका एक जिल्ला नेताको शंकास्पद निधन भएको छ । बानेश्वरको आलोकनगर स्थित एक रेष्टुरेण्टमा गम्भीर घाइते अवस्थामा भेटिएका गिरीको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेकपा काभ्रेका जिल्ला सदस्य हरिदेव गिरीको रहस्यमय निधन संगै गिरीको तीघ्रामा गहिरो चोट छ ।यस्तै टाउको र घाँटीमा समेत चोट देखिएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी दुर्गाराज रेग्मीले घटना भएको पुष्टि गर्नुभयो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । अनुसन्धानका लागि रेष्टुरेण्ट सञ्चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको रेग्मीले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्