ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मरेका काग बटुलेर, कुखुराको मासु भन्दै पकाएर बेचे ब्यापारीले !


admin
माघ २१, २०७६ मंगलबार  ४ : १३ बजे

काठमाडौं, २१ माघ । काठमाडौं लगायत नेपालका मुख्य शहरहरुमा सडकमा पाइने तयारी अवस्थाका खानामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । कुखुरा, खसी र राँगाको मासुका परिकार, चाट तथा पानीपुरी पाइने स्थानमा युवायुवती झुम्मिएको देख्न सकिन्छ । तर तपाईले कहिल्यै अनुमान गर्नुभएको छ त्यसको गुणस्तरका बारेमा कतिपय व्यापारीहरु उपभोक्ताको यस्तै बानीको फाइदा उठाउँदै यति सम्म ठगी गरिरहेका हुन्छन् हामीले कल्पना पनि गरेका हुँदैनौं । भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारी पछि भएको अनुसन्धानमा यस्तो खुलेको हो । ति पसलमा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।

सरकारको खाद्य विभागले छापा मार्दा यस्तो तथ्य खुलेपछि अहिले भारतमा त्यसले खैलाबैला मच्चाएको छ । प्रहरीले त्यसरी उपभोक्ता ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ । हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा प्रहरीले छापा मा रेको थियो । अनुसन्धानका क्रममा अर्को डरलाग्दो कुरा पनि खुलेको छ । कागलाई मा र्न ब्यापारीहरुले वि षालु चामल खुवाउने गरेका थिए । वि ष खुवाएर काग मा रेर त्यही मरेको कागको मासु हालेर चिकेन विरयानीको नाममा ठगी गर्दै आएको फेला परेको हो ।

कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका फेला परेको हो । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने तथ्य फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com