ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोठमा आगलागी हुँदा महिलाको निधन


admin

जुम्ला, २१ माघ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हँुदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । गएराति १०ः३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताउनुभयो । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

जुम्लाको हिमा गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो ज्याकेट वितरण गरेको छ । यसपटक जुम्लामा अत्यधिक चिसो बढेकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गर्दै न्यानो ज्याकेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । आव २०७६/७७ देखि ज्येष्ठ नागरिकलाई प्रोत्साहन भत्तास्वरूप मासिक रु एक हजार उपलब्ध गराउने पनि निर्णय भएको छ । पालिकाको वडा नं ५ मा एक घर एक खानेपानी धारा निर्माणसम्पन्न गरिसकेको र वडा नं ४ पनि यही योजना शुरु गर्न लागेको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

गाउँपालिका प्रत्येक वडाहरुमा ग्रामीण सडकको ट्र्याक खोलेको पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै स्वास्थ्यमा दृष्टिगत गर्दै न्यानो ज्याकेट दिएकामा स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति सम्मान गरेकोे ज्येष्ठ नागरिक रामबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com