ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन सम्पर्कपछि रकम बार्गेनिङले लियो अजिताको ज्यान


एबीसी न्यूज

हेटौंडा, २१ माघ । माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्या यौन सम्पर्कपछि रकम बार्गेनिक (विवाद)को करणले भएको खुलेको छ ।

चारजना मिलेर अजिताको हत्या गरेको खुलेको छ । हेटौंडाका ४ जना युवकले हेटौंडा–११ थानाभर्याङमा ना ६ ख ६५२७ नम्बरको आइचर ट्रक पार्किङ गरी उक्त ट्रकमा अजितालाई लगेर यौन सम्पर्क गरेका थिए ।

सहमतिमा यौन सम्पर्कपछि पैसा दिने क्रममा विवाद भएको र अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी)  सुशील सिंह राठौर जानकारी दिए ।

‘चारजना युवकले अजितालाई ट्रकमा लगेर पालैपालो यौनसम्पर्क गरे । यौन सम्पर्क गर्न ७ हजारमा कुरा मिलेको रहेछ । तर, उनीहरुसँग पैसा नभएपछि भनाभन भयो । भनाभनले उग्र रुप लिएपछि अजिताको हत्या भएको देखिन्छ एसपी राठौरले भने ।

अजिता अत्या आरोपमा हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानले हेटौंडा–११ बस्ने युवती पाख्रिनको साथबाट अजिताको ओप्पो मोबाइल बरामद गरेको थियो । पाख्रिनलाई अजिता हत्यामा संलग्न भएका युवकले अजिताको मोबाइल दिएका थिए । पाख्रिनको साथबाट मोबाइल बरामद भएपछि प्रहरी अजिता हत्यामा संलग्न भएका युवकसम्म पुग्न सकेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com