ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्षमा प्रदेशसभाको बलियो जग बसाल्ने काम भयो– सभामुख घर्ती


admin

काठमाडौं, १८ माघ । प्रदेश ५ प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्तीले प्रदेशसभाको बलियो जग बसाल्ने काम दुई वर्षमा सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।

संसदीय पत्रकार समाज प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले चुनौतीलाई समाधान गर्दै सबैको सहयोगबाट जिम्मेवारीलाई निर्वाह गर्न सफल भएको जानकारी दिनुभयो । प्रदेशसभामा पहिलो हुने दौडभन्दा अधिकतम राम्रो बनाउने प्रयत्नका साथ काम गर्ने प्रयासमा रहेको सभामूख घर्तीले उल्लेख गर्नुभयो । उहाँले प्रदेशसभाबाट बनेका कानून जनपक्षीय भए/नभएको विषय कार्यान्वयनबाट देखिने र दुई वर्षको अवधिमा कानून निर्माणसँगै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर कायम राख्नसक्नु उपलब्धि भएको बताउनुभयो ।“पूर्वाधारको मात्र हैन प्रदेशसभामा शपथमा राष्ट्रिय झण्डासमेत थिएन”, सभामुख घर्तीले भन्नुभयो, “त्यस्तो अवस्थाको प्रदेशसभाको संरचना अहिले आएर पूर्वाधारमा उल्लेख्य काम भएको छ ।”

उपसभामुख कृष्णी थारुले प्रदेश नं ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसद्को ध्यान केन्द्रित भएको बताउनुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानून सङ्ख्या बढाउनेभन्दा कार्यान्वयनले परिणाम देखिने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष भरत केसीले प्रदेशसभाको जनपक्षीय कानून निर्माणमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभाले कानून निर्माणमा उत्कृष्टता देखाए पनि कार्यान्वयनमा नागरिक आवाज मुखरित हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सभामुख घर्तीलेसमाजले प्रकाशित गरेको प्रदेशसभाका सदस्यको पूर्ण परिचयसहितको पुस्तिकाको विमोचन गर्नुभएको थियो । विसं २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com