ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उद्धार


admin
माघ १८, २०७६ शनिबार  ४ : ०२ बजे

काठमाडौं, १८ माघ । जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको हो ।

साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले बताउनुभयो । चौथो सन्तानका रूपमा छोराको जन्मदिएकी उहाँको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो । त्यसैगरी सिर्जनाको यही माघ १५ गतेदेखि लामो ब्यथा लागेको र पहिलो गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण उहाँलाई पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिनुभयो । उहाँलाई पनि उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा विश्वकर्माको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा खबर पाइसकेपछि प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने र जिल्ला अस्पतालका प्रमुख डा विश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा दुवै सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो । स्वामीकार्तिकका अध्यक्ष चीरञ्जीवी शाही र जगन्नाथका अध्यक्ष कालीबहादुरले खबर गरेलगत्तै आफूले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com