ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ को नामाकरणको चर्चा चल्दै, के होला नाम?


admin
माघ १७, २०७६ शुक्रबार  २ : ०५ बजे

 

काठमाडौ, १७ माघ ।  प्रदेश नम्वर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेशको नामकरण सहमतिबाटै आगामी अधिवेशनले टुङग््याउने बताउनुभएको छ । सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा आज झापाको बिर्तामोडमा भएको छलफलमा उहाँले प्रदेशको नामकरण सम्वाद र सहमतिबाटै टुङ्गो लाग्ने दावी भर्नुभयो ।

समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब अग्रसर भएर काम गर्ने उहाँले प्रतिवद्धतासमेत जनाउनुभयो । छलफलमा विभिन्न राजनीतिक दलका युवा नेता तथा नेतृले राखेको धारणा र दिएको सुझवप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै राज्यमन्त्री गजमेरले सरकारका तर्फबाट खेल्ने भूमिकालाई प्रभावकरी बनाउने बताउनुभयो । राज्यमन्त्री गजमेरको सम्मानसहित छलफल कार्यक्रमको आयोजना सम्वाद समूह झापाले गरेको थियो । सम्मान ग्रहणपछि राज्यमन्त्री गजमेरले आपूm यो ठाउँमा पुग्नुमा सम्वाद समूहको पनि ठूलो भूमिका रहेको र संवादबाट धेरै सिकेको बताउँदै त्यो सीपलाई प्रदेशसभा र मन्त्रालयको कार्यसम्पादनमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आफूपदमा रहँदा पदिय दुरुपयोग नगर्ने, प्रलोभनमा नपर्ने र कुनैपनि किसिमको भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुभयो ।

छलफल तथा सम्मान कार्यक्रममा युवा नेता तथा महिला नेतृ सीपी कडरिया, सरु न्यौपाने, अधिवक्ता कविता शर्मा, गौरीमान फागो, पुष्पा लिम्बू, राधा सुब्बा, पार्वता विमली, नवीन ढुङ्गाना, सीता वस्नेत, प्रशान्त भण्डारीलगायतले सम्वन्धित विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com