ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा कान्जी हाउसको उचित व्यवस्थापन नगर्दा पशुचौपायाहरु मर्दै (भिडियोसहित)


एबीसी न्यूज
माघ १७, २०७६ शुक्रबार  ११ : ०० बजे

नेपालगञ्ज , १७ माघ । भारतसँग सिमा जोडिएका तराईका जिल्लामा छाडा पशु चौपाया टाउको दुखाईको बिषय बनेको छ । केही स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै कान्जी हाउस सञ्चालनमा ल्याएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले पनि कान्जी हाउस सञ्चालनमा ल्याएको छ । तर यहाँ राखिएका पशुचौपाया उचित खाना र बस्ने व्यवस्था नहुँदा मर्दै गएका छन् ।

नगरमा छाडा रुपमा छोडिएका पशु चौपायाहरु उपमहानगरपालिकाले कान्जी हाउसमा लगेर राख्ने गरेको छ । त्यहाँ राखेका पशु चौपायाहरुको लागि उपमहानगरपालिकाले केही कर्मचारी खटाए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । उचित खानपिन र बस्नेको व्यवस्था हुन नसक्दा कान्जी हाउसमा राखिएका पशु चौपायाहरु अत्यधिक गर्मी र चिसोका बेला मर्ने गरेका छन् । कान्जी हाउसमा रहेका पशुचौपायाहरुले पोषकतत्व भएका दानापानी खान पाउँदैनन् ।

पोषकतत्व नपुगेपछि कान्जी हाउसका अधिकांश पशु चौपायाहरु दुब्लाएको पशु चिकित्सक बताउँछन् ।
कान्जी हाउसका पशु चौपायाहरुले पोषकतत्व भएका खानेकुरा नपाउँदा विभिन्न रोगहरुले भेटाएको पाइएको भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र, बाँकेका पशु विकास अधिकृत गणेश पुनले बताए । पशु चौपायालाई आवश्यक पोषकतत्व नभएको घाँस र दानापानी खुवाएका कारण बेला बेला पशुचौपाया बिरामी परेका छन् ।

कान्जी हाउसमा राखिएका छाडा पशु चौपायाहरु मरेको खबर सार्वजनिक भएपछि उपमहानगरपालिकाको आलोचना हुने गरेको छ । पशु चौपायालाई ओत लाग्नको लागि सानो टिनको छाप्रो बनाइएको भए पनि त्यहाँ बस्दा जाडोमा अत्यधिक चिसो र गर्मीमा अत्यधिक गर्मी हुने गर्दछ । अत्याधिक चिसोका कारण यसवर्ष कान्जी हाउसमा रहेका एक दर्जन बढी पशुचौपायाहरु मरिसकेका छन् । पर्याप्त पोषिलो खाना नपाएर गाइगोरु मर्ने क्रम जारी रहे पनि कान्जी हाउसका इन्चार्ज पवन कनोजियाले पोषिलोयुक्त खाना पर्याप्त दिएको बताउँछन् ।

अहिले कान्जी हाउसमा अव ३८ वटा गाइगोरु र एक वटा खच्चड रहेका छन् । उपमहानगरपालिकाले वडा नम्बर २१ मा नगरका छाडा पशुचौपायाहरु व्यवस्थापन गर्नको लागि कान्जी हाउस सञ्चालनमा ल्याएको हो । तर कान्जी हाउसको उचित व्यवस्थापन भने नसक्दा पशुचौपायाहरु धमाधम मर्ने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

सम्बन्धित

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com