ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै समपन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना


admin
पुस २२, २०७६ मंगलबार  ५ : ५५ बजे

काठमाडौं, २२ पुस । राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम समयमै नसकिने भएको छ । यही पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो । तीस महिना अगाडि रुपन्देहीको भैरहवादेखि, लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्ट्रक्सन लिमिटेडले पाएको थियो ।

ठेकेदारसँग गरिएको सम्झौता समय सकिन अब एकहप्ता मात्रै बाँकी रहँदा भौतिक प्रगति जम्मा ६० प्रतिशत भएको छ । आयोजनाका प्रमुख प्रदीप शाक्यले भन्नुभयो,“भौतिक प्रगति ६० प्रतिशत भएको छ । ठेकेदार पक्षले थप समयको लागि प्रक्रिया अगाडि बढाएका छन् ।”
ठेकेदार पक्षले समयमै काम सम्पन्न नगरे तापनि आयोजना पक्षले लचकता अपनाउँदै भेरियसनसमेत गरिदिएको छ । उक्त ठेक्का सम्झौताको साढे १२ प्रतिशत भेरियसन भएको छ । समयमै काम नसके पनि ठेकेदार पक्षले रु २४ करोड २० लाख ३७ हजार ५०० थप बजेट पाएको छ । उहाँले भन्नुभयो, “विद्युत् पोलको व्यवस्थापन र केही समय स्थानीयवासीले गरेको अवरोधलाई मध्यनजर गरेर भेरियसन गरिएको हो ।”

आयोजना प्रमुख शाक्यले त्यसो भने तापनि उक्त सडक विस्तारमा स्थानीयवासीको अवरोध भएको देखिदैन । भारतीय ठेकेदार कम्पनी गावरले शुरुमा कामको गति बढाएको भए पनि पछिल्लो समय सुस्तगतिमा काम गरिरहेको छ । यसका कारण भैरहवादेखि लुम्बिनी जानआउन समेत कठिनाइ भइरहेको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो । एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै सम्पन्न नहुँदा प्रदेश–५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेको देखिएको छ । ‘भैरहवादेखि लुम्बिनी बाटो अस्तव्यस्त ढङ्गले बनाउँदा हिँडडुल गर्नै गाह्रो भएको छ । सडक धुलायम्मै छ । मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी आउनजान नै समस्या भएको छ” नागरिक समाजका अगुवा उमेशचन्द्र रिजालले बताउनुभयो ।

यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले विद्युत् प्राधिकरणले बिजुलीका खम्बा समयमै नसारिदिँदा, खानेपानी कार्यालयले तत्काल पाइप व्यवस्थापन नगर्दा समयमै काम नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आगामी असारसम्म समय थप माग गरेका छौं । त्यो समयमा सक्छौं ।” ठेकेदार पक्षका अनुसार लुम्बिनीदेखि तौलिहवा सम्मको खण्डमा एक किलोमिटर बाहेक अन्य सडकको काम अन्तिमचरणमा पुगेको छ भने लुम्बिनी पर्सा चोकदेखि भैरहवातर्फको सडक खण्डमा नौ किलोमिटमा आधारको तयारी भएको छ ।

वर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी भ्रमणमा पुग्छन् । साँगुरो, खाल्डाखुल्डी र धुलाम्य सडकका कारण लुम्बिनी पुग्न पर्यटकलाई निकै समस्या छ । लुम्बिनी पुगेका पर्यटकलाई तिलौराकोट पुग्न झनै समस्या छ । साँगुरो र खाल्डाखुल्डी सडकले दुर्घटनाको दरसमेत बढ्दो छ । सडकको स्तरोन्नतिका लागि सरकारले ३० महिनाअघि भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार गर्न ठेक्का सम्झौता गरी निर्माण थालेको हो । सडकखण्डमा रहेका दुई हजार ६८ रुख सबै हटाइसकिएको छ । आयोजनाका अनुसार छ लेन सडकको बीचभागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ ।

सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रुखको ठाउँमा पाँच हजार १०० रुख रोप्ने जनाइएको छ । सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

सम्बन्धित

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com