ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै समपन्न भएन भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार आयोजना


admin

काठमाडौं, २२ पुस । राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तारको काम समयमै नसकिने भएको छ । यही पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो । तीस महिना अगाडि रुपन्देहीको भैरहवादेखि, लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्ट्रक्सन लिमिटेडले पाएको थियो ।

ठेकेदारसँग गरिएको सम्झौता समय सकिन अब एकहप्ता मात्रै बाँकी रहँदा भौतिक प्रगति जम्मा ६० प्रतिशत भएको छ । आयोजनाका प्रमुख प्रदीप शाक्यले भन्नुभयो,“भौतिक प्रगति ६० प्रतिशत भएको छ । ठेकेदार पक्षले थप समयको लागि प्रक्रिया अगाडि बढाएका छन् ।”
ठेकेदार पक्षले समयमै काम सम्पन्न नगरे तापनि आयोजना पक्षले लचकता अपनाउँदै भेरियसनसमेत गरिदिएको छ । उक्त ठेक्का सम्झौताको साढे १२ प्रतिशत भेरियसन भएको छ । समयमै काम नसके पनि ठेकेदार पक्षले रु २४ करोड २० लाख ३७ हजार ५०० थप बजेट पाएको छ । उहाँले भन्नुभयो, “विद्युत् पोलको व्यवस्थापन र केही समय स्थानीयवासीले गरेको अवरोधलाई मध्यनजर गरेर भेरियसन गरिएको हो ।”

आयोजना प्रमुख शाक्यले त्यसो भने तापनि उक्त सडक विस्तारमा स्थानीयवासीको अवरोध भएको देखिदैन । भारतीय ठेकेदार कम्पनी गावरले शुरुमा कामको गति बढाएको भए पनि पछिल्लो समय सुस्तगतिमा काम गरिरहेको छ । यसका कारण भैरहवादेखि लुम्बिनी जानआउन समेत कठिनाइ भइरहेको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म छ लेन, विमानस्थलदेखि लुम्बिनी–पर्सा चौराहसम्म चार लेन र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक बनाउने गरी ठेक्का सम्झौता भएको हो । एशियाली विकास बैंकको सहयोगमा सम्पन्न हुने उक्त सडक समयमै सम्पन्न नहुँदा प्रदेश–५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेको देखिएको छ । ‘भैरहवादेखि लुम्बिनी बाटो अस्तव्यस्त ढङ्गले बनाउँदा हिँडडुल गर्नै गाह्रो भएको छ । सडक धुलायम्मै छ । मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी आउनजान नै समस्या भएको छ” नागरिक समाजका अगुवा उमेशचन्द्र रिजालले बताउनुभयो ।

यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले विद्युत् प्राधिकरणले बिजुलीका खम्बा समयमै नसारिदिँदा, खानेपानी कार्यालयले तत्काल पाइप व्यवस्थापन नगर्दा समयमै काम नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आगामी असारसम्म समय थप माग गरेका छौं । त्यो समयमा सक्छौं ।” ठेकेदार पक्षका अनुसार लुम्बिनीदेखि तौलिहवा सम्मको खण्डमा एक किलोमिटर बाहेक अन्य सडकको काम अन्तिमचरणमा पुगेको छ भने लुम्बिनी पर्सा चोकदेखि भैरहवातर्फको सडक खण्डमा नौ किलोमिटमा आधारको तयारी भएको छ ।

वर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी भ्रमणमा पुग्छन् । साँगुरो, खाल्डाखुल्डी र धुलाम्य सडकका कारण लुम्बिनी पुग्न पर्यटकलाई निकै समस्या छ । लुम्बिनी पुगेका पर्यटकलाई तिलौराकोट पुग्न झनै समस्या छ । साँगुरो र खाल्डाखुल्डी सडकले दुर्घटनाको दरसमेत बढ्दो छ । सडकको स्तरोन्नतिका लागि सरकारले ३० महिनाअघि भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार गर्न ठेक्का सम्झौता गरी निर्माण थालेको हो । सडकखण्डमा रहेका दुई हजार ६८ रुख सबै हटाइसकिएको छ । आयोजनाका अनुसार छ लेन सडकको बीचभागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिस लेनसहितको ‘फुटपाथ’समेत निर्माण गरिनेछ ।

सडक खण्डमा ३६ वटा यात्रु प्रतीक्षालयका साथै काटिएका रुखको ठाउँमा पाँच हजार १०० रुख रोप्ने जनाइएको छ । सडकको प्राविधिक कामको समन्वय, निगरानी र परीक्षण कोरिया इञ्जिनीयरिङ कन्सलटेन्टले गरिरहेको छ । सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com