
काठमाडौं, २४ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकासहित सबै नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा निमन्त्रणा दिनुभएको छ।
१३औँ दक्षिण एसियाली खेलकुद सागको समापन समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी दिनुभएको हो।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले प्रत्येक खेलाडीलाई वालुवाटारमा बोलाएर धन्यवाद दिने कार्यक्रम रहेको बताउनुभयो मंगलबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण हात पारेको हो।नेपालले यस सागमा ५१ स्वर्ण पदक जितेको छ।







प्रतिक्रिया दिनुहोस्