ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्।


admin
मंसिर २१, २०७६ शनिबार  ३ : ०२ बजे

काठमाडौं, २१ मंसिर । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् ।

कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् । पुतलीसँगको विगतका अन्तरङ्ग अनि आमाले घरबाट निकालेका कुराले उनलाई बिझायो । “आमा ! तपाई यिनलाई एक छाक दिन गाह्रो मान्नुभएको थियो नी, अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् आमा”, आमा भए तिर फर्किएर सरस्वतीले भनिन् । नजिकै मनोरोगीलाई सधैँ हेला गर्ने मध्येका एक जिम्बल बा पनि थिए । “जिम्बल बा ! यिनले ढुङ्गामुढा गर्छिन् भनेर डराउनु हुन्थ्यो नी, अब यिनका हातले कहिल्यै ढुङ्गा उठाउन सक्दैन ।” किशोरीको समाजसँग ठूलै गुनासो छ । हामी काम गर्नाको अल्छिले मागेकाहरुलाई खुशी मनले सहयोग गछौँ । दिनभरी माग्यो अनि बेलुका मस्त रक्सी खाएर मात्तिएर सुत्यो, यस्ता पेशेवर माग्नेहरुको बिगबिगी छ सडकमा । तर, त्यही सडकमा पुतली जस्ता वास्तविक बेसहारा, मनोरोगी यत्रतत्र छन् । उनीहरुले अकालमा ज्यान गुमाइरहेका दृष्य कहाली लाग्दा छन् ।

समाजको यस्तै तितो यथार्थलाई बिम्ब बनाएर मानसेवा आश्रमले सामाजिक चेतना वृद्धिमा प्रयोग गरिएको नाटकको यो अन्तिम सम्वाद थियो । सडकमा पुगेका व्यक्तिको उद्धार र व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबार साँझ काठमाडौँमा सुझाव सङ्कलनको कार्यक्रम थियो । काठमाडौँ महानगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा यहाँका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र वडाध्यक्ष सहभागी थिए ।

अग्रभागमा हुनुहुन्थ्यो महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री । कार्यक्रम शुरु हुने चरणमा थियो ।“तीन दिनदेखि पेटमा अन्नको दानासम्म परेको छैन, ए हजुर केही दिनोस्, ए हजुर १ दिन दःुखीलाई केही सहयोग गर्नुस ।” थोत्रो टोपी र आसकोट लगाएर फोहरी अनुहारमा काम्रो बानेको बैशाखी टेक्दै लाले कचौरा बोकेर माग्दै हलभित्र प्रवेश गरे । अचानक माग्ने आएको दृष्य देखेर सहभागीहरु दङ्ग परे । औपचारिक कार्यक्रममा सन्नाटा छायो । सडकका वास्तविक माग्ने हालभित्र आएको महसुस धेरैले गरे । कलाकारले अतिथिहरुलाई थाहै नदिई नाटक मञ्चन गरेकाले पनि छक्क पर्नु स्वभाविकै भयो ।

एकै छिनमा सडक सफा गर्ने शङ्कर फोहर नगर्न आग्रह गर्दै आइपुगे । सडकमा फोहरको डङ्गुर टुटेको थिएन । नजिकै झुम्म परेर बसेकी एक मनोरोगी महिलालाई लखेट्न खोज्छन् तर सरस्वतीले रोक्छिन् । मागेर कमाएको पैसाले किनेर पिएको रक्सीको नशामा लठ्ठ भएर सडकमा फेरि देखापर्छ लाले । “कोही छ, यो लालेसँग सिङ्गलसिङ्गल भिड्ने, म डन हुँ डन, जसलाई एक हान्छु नी घुमाइदिन्छु फनफन ।”

अघि झुत्रो कपडा लगाएर खान नपाएको भन्दै लुत्रुक्क परेर माग्ने लाले अहिले नशाको तालमा हैकम जमाउँदै निस्कियो । “म देखेपछि त यो शहरै थुरर।।।र हुन्छ नी, म डन नभएको भए पैसा माग्ने वित्तिकै कसैले झिकेर दिन्थ्यो रु” पुतली सडकमै एक सुरमा थिइन् । पुतलीले आफ्नो माग्ने पेशा चौपट पार्ने डर लालेलाई थियो । त्यसैले उनले पुतलीलाई वरिपरी पर्न दिँदैनथ्यो ।

‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भएँ र।।।’ गीतको शुरुमा जिम्बल बा आइपुगे । ‘मान्छेको भिडमा खोइ कहाँ छ मान्छे’, भन्दै सारङ्गी भिरेका अर्का मनोरोगी पनि आइपुगे । क्याम्परबाट फर्किएकी सरस्वतीले पुतलीलाई घर लान्छिन् । तर आफ्नी आमाले घरमा राख्न नदिएपछि पुतलीलाई सडकमै फर्काउन विवस भइन् । गर्भवती पुतलीले सहारा नपाउँदा प्रसव पिडा सहन नसकी सडकमै प्राण त्यागिन् । त्यसपछि मात्रै समाजको चेत खुल्छ । यस्तैमा नाटकको अन्त्य हुन्छ ।

कलाकार मनिषा क्षेत्रीको संयोजन र सुवास क्षितिजको निर्देशन रहेको नाटकमा स्वयं क्षेत्री र क्षितिजसहित उर्विन सापकोटा, सानु गुरुङ, गङ्गा थापा, सन्तोष मगर, हरिशरणलगायतको अभिनय छ । नाटक हेरेपछि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख खड्गीले समाजको अवस्थालाई नाट्य रुपान्तरण गरिएको उक्त दृष्यले आफूलाई विगत सम्झाएर भावुक बनाएको बताउनुभयो । महानगरीय प्रहरी कार्यालयका प्रमुख थापाले नाटकले समाजको जीवन्त चित्र बोलेको प्रतिक्रिया दिनुभयो ।

देशलाई नै बेसहारा विहीन सडक बनाउने लक्ष्य बोकेर अघि बढेको आश्रमले यही नाटक ‘लौरो’लाई देशका पूर्वदेखि पश्चिमसम्म प्रदर्शन गरेर मानवीयताको भाव प्रष्ट्याउने प्रयास गरिरहेको छ । त्यही सिलसिलामा पछिल्लो चरणमा काठमाडौँमा मञ्चन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com