ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाक्टरलाई बलात्कारपछि जलाउने ४ आरोपी ‘इन्काउन्टर’मा मारिए


एबीसी न्यूज
मंसिर २०, २०७६ शुक्रबार  ११ : २० बजे

एजेन्सी / भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । बिहीबार अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् ।

प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ ।

रतको हैदरावादका सामुहिक बलात्कारका चारै जना आरोपीलाई प्रहरीले इन्काउण्टर गरेका छन् ।

बलात्कारको घटनालाई सिन रि क्रिएट (घटनास्थलमा घटनाको दृश्य बनाउन) गर्न लगिएको अवस्थामा चारै जना भाग्न खोज्दा उनीहरुलाई गोली हानेर इन्काउण्टर गरेको हो । भारतको नेश्नल हाइवे–४४ मा क्राईम सिन रिक्रिएट गराउन प्रहरीले उनीहरुलाई घटनास्थल लगेको थियो । प्रहरीका अनुसार, त्यहाँबाट उनीहरुले भाग्न खोज्दा चारैजनालाई इन्काउण्टर गरी ढालेको हो ।

गत २७ नोभेम्बरको राती हैदरावादमा महिला पशु चिकित्सक डा. प्रियँका रेड्डीसँग सामुहिक बलात्कार गरी जिउँदै जलाएको थियो । जलेको अवस्थामा प्रियँकाको शव बेंगलुरु हैदरावाद राष्ट्यि राजमार्गको अन्डरपासको नजिकै भेटाएको थियो ।

भारतीय प्रहरीले यस मामिलामा चारै जना आरोपिलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपितहरुलाई अदालतमा पनि पेश गरेको थियो जहाँ उनीहरुलाई १४ दिनको हिरासतमा राख्न पठाइएको थियो । त्यसपछि हैदरावाद प्रहरीले थुनुवाको माग गरेकोमा उनीहरुलाई ७ दिनको प्रहरी कस्टडीमा पठाइएको थियो । प्रहरीले उनीहरुलाई सिन रि क्रिएट गर्न लगेका थिए , उनीहरु भाग्न खोज्दा उनीहरुलाई गोली हानेको दाबी गरिएको छ ।

आरोपितहरुले सहयोग गर्ने भावना देखाउँदै प्रियँकालाई सामुहिक बलात्कार गरेका थिए । त्यसपछि घाँटी दबाएर मारेपछि जिउमा आगो लगाएर जलाएका थिए । यस घटनापछि भारतमा आम जनता सडकमा आउँदै उनीहरुको रिस बाहिर आएको थियो । उनीहरुलाई इन्काउण्टर गरेपछि प्रियँकासँग न्याय भएको प्रतिक्रिया भारतका जनताहरु दिएका छन् । हालाकी, यो न्याय नभएको पनि तर्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com