
बाजुरा , १३ मंसिर । बाजुरा जिल्ला को निकै विगट मानिने गौमुल गाउपालिका वडा नं १मा रहेको अम्लीस माध्यमिक विद्यालय दुर्गमको नमुना विद्यालय बनेको छ । जिल्लामा एक सय भन्दा बढी विद्यालय रहेका तर उक्त विद्यालयहरु भन्दा गौमुल गाउँपालिका मा रहेको अम्लीस माध्यमिक विद्यालय दुर्गम ठाँउको नमुना रहेको ईकाई जिल्ला शिक्षा कार्यालयको एक तथ्यांकले देखाएको छ ।
अम्लीस माध्यमिक विद्यालयको स्थापना २०२२ सालमा भएको को थियोे । अहिले विद्यालयमा ४ सया भन्दा बढी विद्यार्थि संख्य रहेको छ । भने कक्षा एक दखि १० सम्म अग्रेजि माध्यमबाट र कम्पिटर प्रविधि बाट विद्यार्थीहरूलाई पढन पाठन गराई रहेको बताउन्छ विद्यालयका प्रअ बलराम जोसीले बताए । उनले भने आफु दुर्गमा बसे पनि आफनो जुन ठाउँ पसछु त्यो ठाँउका बालवालीकाहरुको शिक्षा गुणस्तर र विद्यालयको सबै सञ्रचना राम्रो गरेर जाने बताए । उनले भने आफुलाई बाजुराको निकै विगट मानिले गौमुल गाउपालिकामा रहेको अम्लीस माध्यमिक विद्यालयलाई विद्यालयको भौतिक शैक्षिक क्षेत्रमा अगाडि बढाउनको लागि पहिला आफुलाई निकै कठिनाइ भएको बताए ।
अम्लीस माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देविन्द् रोकायाले भने बाजुरा जिल्लाको दुर्गम ठाँउ अम्लिसमा वर्षमा खान नुन बाहेक केही नपुग्ने र सञ्चार स्वास्थ्यको यतायातको पहुचबाट निकै डाढा रहेको बताए । गौमुल गाउँपालीका भौगोलीक रुपले पनि निकै विकट रहेको छ । भने विद्यार्थीहरुले विद्यालय आउन चार पाँच घण्टाको पैदलबाटो हिडी विद्यालय आउनु पर्ने बाध्यता रहेको बताए । यस दुर्गम गाउँमा राज्यको समेत ध्यान नगएको बताए ।
आफुलाइ सरकार जिल्ला ईकाइ कार्यालयको कुनै सयागे नहँुदा पनि गाउँमा रहेका दुर्गाली आधारभुत विद्लय र महादेव प्रावि विद्यालयलाई मर्च गरेर अम्लिस माध्यमयिक विद्यालय दुर्गमको नमुना विद्यालय बनाएको अध्याक्ष रोकायाले बताए । विद्यालयलाई मर्च गर्न गौमुल गाउँपालीको सयोग रहेको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देविन्द्र रोकायाले बताए ।








प्रतिक्रिया दिनुहोस्