
काठमाडौं, १२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको छ । विहिवार साँझ राष्ट्रपति भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
गत मंगलबारदेखी उपचार गराईरहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा उहाले जानकारी लिनु भएको हो । प्रधानमन्त्री संगको भेटमा पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीको अवस्थाका बारेमा २० मिनेटसम्म ब्रिफिङ गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्